राजा राजेन्द्र पोखरेलको स्वर रहेको ‘पिरतीको चस्मा’को भिडियो सार्वजनिक(भिडियो)
राजा राजेन्द्र पोखरेलको स्वर रहेको 'पिरतीको चस्मा'को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय कलाकार तथा होष्ट समेत रहेका राजा राजेन्द्रको गीतको भिडियोमाअभिनेता जीतु नेपालले आफ्नो अभिनय करियर मै पहिलो पटक एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
अभिनेता नेपालको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो राजा राजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।टिकटकमा पछिल्लो समय भाइरल भएका जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/2OgNQEY73UE
समारिका र स्मारिकाले पनि यही भिडियो मार्फत औपचारिक रुपमा अभिनय यात्रा प्रारम्भ गरेका हुन् ।राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको छ ।
अहिलेका व्यस्त भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बने...










