कविन्द्र श्रेष्ठको नयां तिहार गीतको भिडियो सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

कविन्द्र श्रेष्ठको नयां तिहार गीतको भिडियो सार्वजनिक(भिडियो)


गायक कविन्द्र, विश्व र प्रविशाको ‘मखमली तिहार’ सार्वजनिक काठमाण्डौ नेपाली संगीतिक क्षेत्रमा ३ दशक बिताईसकेका चर्चित गायक कविन्द्र श्रेष्ठ, प्रबिशा अधिकारी र विश्व प्रधानको स्वर रहेको मखमली तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको संगीत तथा सन्दिप दाङगीको शब्द रहेको छ । सैलेन्द्र प्रधान ‘बाबु’को एरेन्ज रहेको गीतलाई श्रेयस प्रधानले रेकर्ड गरेका छन ।

मिक्सिङ मास्टररिङ्ग युगल खोंजुले गरेका छ । भिडियोलाई स्वयम गायक विश्व प्रधानले नै निर्देशन गरेका छन भने कबिन्द्र श्रेष्ठ , बिश्व प्रधान, महेश ज्ञवली, क्रिस्टिना श्रेष्ठ, राजन थापा, सोनी लामा, बिधा कार्की, शंकर सेढाई, रश्मी श्रेष्ठ, नारायण पौडेल लगायतलाई फिचर्ड गरिएको छ । तिहारको माहोल र देउसीको रमाइलो माहोल देख्न भिडियोलाई अमृत सुनुवारले छँयाकन गरेका छन भने सम्पादन माधव बेल्बासेले गरेका हुन । वरिष्ठ कोरियोग्राफर भुवन श्रेष्ठले कोरियोग्राफी गरेका छन भने उनलाई कोरियोग्राफर केशव कोइरालाले सघाएका छन । भिडियो ओएस्आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *