गीतकार तथा गजलकार यसु थापाको दोस्रो एल्बम "नाम" सार्वजनिक - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

गीतकार तथा गजलकार यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक


समाजसेवी तथा सामाजिक अभियनता एन.आर.एन. बेल्जियमको पहिलो महिला सदस्यदेखी पुर्ब उपाध्यक्षसम्म हुनु भएकी गीतकार तथा गजलकार यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक गरिएको छ । जसमध्ये एउटा गजलको म्युजिक भिडियो यसु थापाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

बेल्जियमको राजधानी ब्रसेल्स स्थित नेपाली राजदुतावासको कार्यालयमा सम्पन्न एक कार्यक्रम बिच सो गजलको भिडियो तथा एल्बम सर्वजनिक गरिएको हो । नेपाली राजदुतावास बेल्जियमका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा अतिथिहरु एन.आर.एन. केन्द्रिय सहसचिब लोक बराल एन.आर.एन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिव तिर्थ धमाल, गीतकार अर्जुन रत्न भिकारी तथा सोही गजलको मोडल बर्षा खड्काको आतिथ्यतामा विमोचन सम्पन्न भयो ।

दुई दशकदेखि गीत गजल लेखन यात्रा गर्दै आउनु भएकी यसुका थुप्रै गीतहरु सार्वजनिक भएकाछन । तिज विशेष गीतहरुमा पनि कलम चलाउने थापाका गीत, गजलहरु राजेश पायल राई, अन्जु पन्त, आनन्द कार्की, लगायत थुप्रै चर्चित गायक गायिकाहरुले गाइसक्नु भएको छ । उहाँकोपहिलो एल्बम “गीतान्जली” २०७३ सालमा सार्वजनिक भएको थियो । विमोचित गजलमा संगीत तथा स्वर राज सागरको छ भने अभिनयमा आयुश रिजाल तथा बर्षा खड्का हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.