गायक सुगम पोखरेलको स्वरमा नयां गीत ‘मायालु साबुन’आउदै - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

गायक सुगम पोखरेलको स्वरमा नयां गीत ‘मायालु साबुन’आउदै


सुगम पोखरेलको स्वरमा रहेको गीत ‘मायालु साबुन’ स्रोता/दर्शकमाझ आउँदैछन् । उक्त गीतको भिडियोको ४० सेकेण्ड लामो टिजर सार्वजनिक भएको छ । सार्वजनिक भिडियोको टिजरमा गायक पोखरेललाई भन्न गेटअपमा प्रस्तुत भएको देखिएको छ ।

गायक पोखरेलले उक्त टिजरलाई आफ्नै युट्यूब च्यालनमार्फत अपलोड गरेका हुन् । मायालु साबुनको भिडियो पनि सोही च्यानलबाट अपलोड हुने बताइएको छ ।

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित दीपक घिमिरेका साथमा पूजा गिरी तथा नीभा अधिकारी फिचर्ड छन् । पदम सुवेदीले उक्त भिडियो सम्पादन गरेका हुन् भने रुपेश थापा यसका छायांकार हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *