राजा राजेन्द्र पोखरेलको स्वर रहेको 'पिरतीको चस्मा'को भिडियो सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

राजा राजेन्द्र पोखरेलको स्वर रहेको ‘पिरतीको चस्मा’को भिडियो सार्वजनिक(भिडियो)


राजा राजेन्द्र पोखरेलको स्वर रहेको ‘पिरतीको चस्मा’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय कलाकार तथा होष्ट समेत रहेका राजा राजेन्द्रको गीतको भिडियोमा
अभिनेता जीतु नेपालले आफ्नो अभिनय करियर मै पहिलो पटक एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

अभिनेता नेपालको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो राजा राजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।टिकटकमा पछिल्लो समय भाइरल भएका जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो ।

समारिका र स्मारिकाले पनि यही भिडियो मार्फत औपचारिक रुपमा अभिनय यात्रा प्रारम्भ गरेका हुन् ।राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको छ ।

अहिलेका व्यस्त भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।गीतमा जीतु नेपाल, समारिका,स्मारिका ढकालका साथमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतकाको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published.