मनोरन्जन

गायिका सुजाता केसीको ‘आलु तामाले’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायिका सुजाता केसीको ‘आलु तामाले’ सार्वजनिक (भिडियो)

गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । https://youtu.be/lxS-rH6awPA गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ ।  डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ । सुशिल शर्माको निर्माण रहेको  भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् । ...
विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

काठमाडौं । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी,  सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष र फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो । गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम पत्रकार कृष्ण भूषालले स्रष्टा परिचय राख्नु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्...
ग्यालेक्सि एक्सिलेन्स अवार्डका लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

ग्यालेक्सि एक्सिलेन्स अवार्डका लागि आवेदन खुल्ला

निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो । केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्‍याए...
निताको स्वरमा ‘चुप चाप’ (भिडियो)
मनोरन्जन, समाचार

निताको स्वरमा ‘चुप चाप’ (भिडियो)

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/CYPYXy_Pzzw किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मन...
नेपाल भाषामा ‘वया मा जी ‘तथा नेपाली भाषामा’आएँ आमा ‘गीतको भिडियो लोकार्पण
मनोरन्जन, समाचार

नेपाल भाषामा ‘वया मा जी ‘तथा नेपाली भाषामा’आएँ आमा ‘गीतको भिडियो लोकार्पण

वरिष्ठ हास्य कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यमा तथा जन गायक रामेश श्रेष्ठको विशेष आतिथ्यमा कीर्तिपुर Cineplex मा म्युजिक भिडियोको विशेष प्रदर्शन गरिएको थियो। गाउँ गाउँ बाट उठ, हिँड मेरा दाइहो झम्पल बोकेर जस्ता लोकप्रिय गीतका जन पक्षीय गीतकार श्याम तमोट द्वारा रचित उक्त गीत लाई चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा संगीत संयोजन गर्नु भएको थियो भने उक्त गीतलाई नेपाल भाषामा गायिका रत्नशोभा महर्जनले गाउनु भएको छ भने नेपाली भाषामा संगीतकार सुरेन्द्र श्रेष्ठले नै गाउनु भएको छ। https://www.youtube.com/watch?v=LS_qt-3j6Cw आमा सम्बन्धी निकैनै मार्मिक गीत को भिडियो पनि उतिकै मार्मिक बनेको छ। गीतलाई मगन entertainment ka रजिन महर्जनले निर्देशन तथा छायांकन गरेका छन् भने कलाकार हरुमा सुधा महर्जन, सुनिता श्रेष्ठ, लक्ष्मी कुमार महर्जन, रुपेन् श्रेष्ठ , सुबन् जोशी तथा बाल...
चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न
मनोरन्जन, समाचार

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

काठमाण्डौ – चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गाय...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायका तीन गीति एल्बम विमोचन
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायका तीन गीति एल्बम विमोचन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका फरक शैलीका तीन गीति एल्बम विमोचन गरिएको छ । शुक्रवार काठमाडौंको चाबहिलमा एक कार्यक्रमका बीच कीर्तिमानी गीतकार उपाध्यायका ‘आकांक्षा’, ‘अभिभूत’ र ‘अभिलाषा’ एल्बम विमोचन गरिएको हो । एल्बमलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, कीर्तिमानी गायक/संगीतकार सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी, लेखक एवं मिलाप फाउण्डेसनकी अध्यक्ष गीता अधिकारी, युथ क्रियसनका अध्यक्ष रमेश थापा, गीतकार उपाध्यायलगायतले विमोचन गरेका थिए । यी तीनवटै एल्बम फरक शैलीका रहेका छन् । एल्बम ‘आकांक्षा’मा म्यासअपसङ रहेका छन् । अर्थात् एउटै ट्र्याकमा धेरै गीतहरूको अंशलाई जोडेर गीत बनाइएको छ । यसमा तीन दर्जनभन्दा बढी गीत रहेका छन् । यस्तै, एल्बम ‘अभिभूत’मा रिंगब्याक टोन सिआरबिटी र पिआरबिटी एकल गीतकारको शब्द रचनामा रहेका १५० भन्दा बढी गीतहरू रहेका छन् । त्यसै गरी एल्बम ‘...
विश्व किर्तिमानी गीतकार डा.उपाध्यायद्वारा प्रेम दिवसमा ‘हट एयर बेलुन’मार्फत गीत सार्वजनिक
मनोरन्जन, समाचार

विश्व किर्तिमानी गीतकार डा.उपाध्यायद्वारा प्रेम दिवसमा ‘हट एयर बेलुन’मार्फत गीत सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायले आफ्ना प्रस्तुतिलाई अनौठो तरिकाले प्रस्तुत गर्ने गर्नुहुन्छ । सधै केही न केही नयाँनयाँ तरिका अपनाएर आफ्ना प्रस्तुति सार्वजनिक गर्नुहुने डा.उपाध्यायले प्रेम दिवसको अवसर पारेर आफ्ना गीत ‘हट एयर वेलुन’मार्फत सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्ना एक सय पचासभन्दा बढी गीत बेलुन ‘हट एयर बेलुन’मार्फत आकाशमा उडाएर सार्वजनिक गर्नुभएको हो । भक्तपुरको देउराली डाडामा रहेको टेन्ड हेवन हिल रिसोर्टमा एक कार्यक्रमबीच डा.उपाध्यायले आफ्ना एक सय पचासभन्दा बढी गीतलाई हट एयर बेलुनमार्फत आकाशमा उडाएर सार्वजनिक गर्नुभएको हो । प्रेम दिवस मनाउन रिसोर्टमा पुगेका थुप्रै युवा युवतीले उक्त दृश्यमा रमाइलो गरेका थिए । डा.उपाध्यायका गीत अंकित थुप्रै गीत आकाशमा उडिरहँदा एक खालको रमाइलो वातावरण बनेको थियो । रिसोर्टका सञ्चालक रामजी अवालले पहिलो पल्ट यस्तो दृश्य देखे...
मोहन घिसिङ लामाको विश्व किर्तिमान
मनोरन्जन, समाचार

मोहन घिसिङ लामाको विश्व किर्तिमान

विगत लामो समयदेखि नेपाली कला संस्कृतिमा संरक्षण सम्वद्र्धनमा लाग्नुभएका गीतकार, निर्देशक एवं कलाकार मोहन घिसिङ लामाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले युट्युब थम्बलसहित एक सय एक गीत निकालेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । विश्वका विश्व कीर्तिमान प्रदान गर्ने विभिन्न दश संस्थाले प्रदान गरेको प्रमाणपत्र घिसिङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा फागुन २७ गते शनिबार प्रदान गर्नुभएको थियो ।सो अवसरमा घिसिङको चार हजार ६०० पेजको गीति, जीवनी र मिश्रित वंशावलीको बृहत् पुस्तक पनि प्रधानमन्त्री प्रचण्डले लोकार्पण गर्नुभएको थियो । यस कृतिमा चार हजार ४०० गीत र चार जाति तथा एघार थरको वंशावली रहेको छ । चार जातिमा तामाङ, घिमिरे खत्री, नेवार र माझीको रहेको छ । साथै यो कृतिमा उहाँको जीवन वृतान्त पनि रहेको छ । कवि, गी...
सन्दिप भुजेलको निर्देशनमा ‘माया को धून'(भिडियो)
मनोरन्जन, समाचार

सन्दिप भुजेलको निर्देशनमा ‘माया को धून'(भिडियो)

काठमाडौं – चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो `माया को धून´एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले Rani Shakya official युट्युव च्यानलमार्फत यो गीत सार्वजनिक गरेको हो। सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरिरहेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। यो गीतमा ख्यातिप्राप्त गायक प्रताप दास र गायिका रानी शाक्य को संयुक्त आवाज सुन्न सकिन्छ । सैलेन्द्र प्रधान `बाबु´ले गीतको अडियो एरेन्ज गरेका हुन् । यस गीतलाई राजेश कुमार श्रेष्ठले मिक्स्किङ गरेका हुन। चर्चित गीतकार राजेश शाक्य को शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् । गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता सुरेश कोहली र अभिनेत्री स्रद्धा छेत्रीले अभिनयमा अनस्क्रिन रोमान्स गरेका छन् । म्यू...