नेपाली अभिनेत्री नितु कोईराला ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्समा सम्मानित
भारतको मुम्बईमा मंगलबार राति एक अवार्ड वितरण समारोहमा नेपाली अभिनेत्री तथा मोडल नितु कोईराला सम्मानित भएकी छिन । कोरोना महामारीको जोखिमबाट बच्दै तथा स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गर्दै ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्स २०२०’ सम्पन्न भएको हो ।बलिउडसहित सानो पर्दामा अभिनय गर्ने लोकप्रिय अनुहारहरु पुरस्कृत भएको उक्त समारोहमाभारतका थुप्रै लोकप्रिय कलाकारहरुको सहभागि बीच आफूलाई नेपाली कलाकारको रुपमा स्टेजमा बोलाएर गरिएको सम्मानलाई नेपालकै सम्मानको रुपमा ग्रहण गरेको सम्मानित कोईरालाले खुशी हुदै बताईन । भारतका विभिन्न ठूला कार्यक्रमहरु पटक पटक सम्मानित भैसकेकी अभिनेत्री कोईरालाले यस सम्मानले नेपाल र भारत सांस्कृतिक आदान प्रदानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन ।
हरेक वर्ष वितरण गरिँदै आएको उक्त अवार्डबाट यो वर्ष भारतीय टेलिभिजन च्यानलबाट प्रसारण भैरहेका लोकप्रिय कार्यक्रमका कलाकार...










