चर्चामा प्रतिभाशाली बालकलाकार प्रिन्स अभिनित ‘पर्खाई’भए (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

चर्चामा प्रतिभाशाली बालकलाकार प्रिन्स अभिनित ‘पर्खाई’भए (भिडियो)


नेपालीहरुको महान चाड दशै तिहारको कोसेलीस्वरुप प्रतिभाशाली बाल कलाकार प्रिन्स प्रसिद्ध सिंह थापा’को दमदार अभिनयमा सर्ट फिल्म पर्खाइ रिलिज भएको छ । सार्वजनिक भएको छोटो समयमा उक्त शर्ट फिल्मले चर्चा परिचर्चा पाएको छ । दशैको टीका लगाउन बिदेशमा रहेका आफ्नो बाबाको पर्खाइमा बसेका आम बालबालिकाको मनोबिज्ञानलाई नजिकबाट केलाइएको छ । कोरोनाको असर,परदेशीको पिडा र पारिवारिक महत्वलाई दशैको माध्यमबाट दर्शाइएको छ ।

सानो उमेरबाट नै अभिनयमा सक्रिय प्रिन्सले विभिन्न बिज्ञापन र म्युजिक भिडियोमा अभिनय गरेका छन । साथै गरिब बालबालिकालाई सहयोग गर्न प्रिन्स फाउन्डेसन नामक संस्था समेत संचालन गर्दै आएका छन ।

पर्खाइ मा प्रिन्सका अलवा सन्ध्या श्रेष्ठ,प्रेम श्रेष्ठ,एलिना थापा लगाएत स्थानिय कलाकारहरुको अभिनय देख्न सकिन्छ । शर्ट फिल्म पर्खाइ’लाई मोडेल तथा भिजे सबनम चौधरी’को लेखन रहेको छ । उक्त फिल्मले नेपाली समाज’को यथार्थ चित्रण गरेको सबनम चौधरी’ले बताईन ।पर्खाइलाई अनिल बिडीआरले निर्देशन गरेका हुन भने क्यामरा बुध्द श्रेष्ठ र सम्पादन सबनम चौधरीको रहेको छ । उक्त फिल्म नेक्सट वल्र्ड अनलाईनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.