छानवीन प्रतिवेदन सार्वजनिक नभए चुनाव अर्थहीन : सभापति सर्वेन्द्र खनाल
समुन्नत पार्टी नेपालका सभापति सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तत्काल सरकारलाई बुझाएर सार्वजनिक गर्न माग गरेका छन्। उनले जेनजी आन्दोलनको औचित्य स्थापित गर्न तथा दोषीमाथि कानुनी कारबाहीको सिफारिस गर्न गठन गरिएको उच्चस्तरीय छानवीन आयोगको म्याद थपेर विषयलाई अल्मल्याउन खोजिएको आरोप लगाएका हुन्।
नागरिकन्यूज सँगको कुराकानीमा अध्यक्ष खनालले आयोगले समयमै प्रतिवेदन नबुझाउँदा जेनजी आन्दोलनको औचित्य नै समाप्त हुने टिप्पणी गरेका छन्।
उनले जेनजी आन्दोलनको उद्देश्यबारे स्पष्ट पार्दै आन्दोलन केवल निर्वाचनका लागि मात्रै नभएको बताएका छन्। उनका अनुसार आन्दोलनका मूल मुद्दा, उपलब्धि तथा जेनजी पुस्ताले खोजेको प्रणालीगत सुधारको विषयलाई सरकारले सही रूपमा बुझ्न नसकेको उनको आरोप छ।
खनालका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू अहिले चुनावी मैदानमै रहेका छन्। आन्दोलन दबाउने र वि...









