समाचार

भिडको राजनीति
राजनीति, समाचार

भिडको राजनीति

• डा.डिआर उपाध्याय, नेकपा दुई खेमामा विभाजित भएपछि यतिबेला भिडको राजनीतिले चर्चा पाउने गरेको छ । नेकपाका दुई खेमा माधव प्रचण्ड र ओली खेमा बिच भिड जम्मा गर्ने कडा प्रतिष्प्रधा चलेको छ । केही दिन अगाडि माधव प्रचण्ड खेमाले भिड जम्मा गरेर काठमान्डौँमा शक्ति प्रदर्शन गरेका थिए भने हिजो ओली समूहले पनि काठमान्डौँको नारायण हिटिको आँगनमा तामझामका साथ लाखौँको हाराहारीमा भिड जम्मा गरी शक्ति प्रर्दशन गरेका थिए । अब जनताले कुन खेमाको भिडलाई विश्वास गरेर कुन खेमालाई समर्थन गर्ने भन्ने कुरामा नै अन्योलमा छन् । देशका विभिन्न जिल्लाबाट काठमान्डौँमा मान्छे ओसार्ने र भिड देखाएर शक्ति प्रर्दशन गर्ने होडबाजीले कुन सक्कली नेकपा हो र कुन नक्कली नेकपा हो जनतालाई छुट्याउन नै मुस्किल भयो । केही समय अघिदेखि नेकपाका दुबै खेमाका नेता कार्यकर्ता बिच जुहारी चलिरहेको अवस्था छ । मञ्च पाए कि नेकपाका दुबै खेमाका शीर्ष...
साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त
अर्थ/व्यापार, समाचार

साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

काठमाडौं, २३ माघ- नेपाली राजदूतावास, तेलअबिबको सिफारिसमा नेपाल चेम्बर अफ कमर्शले साइप्रस निवासी रञ्जित महतोलाई साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधि नियुक्त गरेको छ । उनलाई नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले आज आयोजित भर्चुअल कार्यक्रमका बीच उक्त जिम्मेवारी प्रदान गरेका हुन । अवैतनिक व्यापार प्रतिनिधिमा नियुक्त महतोलाई शुभकामना दिँदै राजदूत डा. अन्जान शाक्यले नेपाल-साईप्रस कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भइसक्दा समेत अत्यन्तै सानो आकारमा व्यापार रहेकोले द्विदेशीय व्यापार बढाउन भूमिका खेल्न आग्रह गरिन । साथै उनले अधिकांश मुलुकसँग जस्तै साईप्रससँग समेत नेपालको व्यापार घाटा रहेको परिप्रेक्ष्यमा साईप्रसबाट नेपालमा लगानी भित्र्याउँदै नेपालको निर्यात व्यापार बढाउन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा चेम्बरका अध्यक्...
चकलेटी नायक संजित भण्डारी अभिनित तथा गायक कृष्णराज भण्डारीको स्वरमा रहेको“जुन दिन मलाई” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चकलेटी नायक संजित भण्डारी अभिनित तथा गायक कृष्णराज भण्डारीको स्वरमा रहेको“जुन दिन मलाई” सार्वजनिक (भिडियो)

लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल छन्दे निर्देशित तथा संचारकर्मी राज लुईटेल द्धारा वियोगान्त कथामा निर्मित “जुन दिन मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबबाट सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । https://youtu.be/C6e2qBs744M गायक कृष्णराज भण्डारीको स्वर,शब्द,संगीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी,श्रीदेब भट्टराई तथा नव मोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरुमा प्रेम पाण्डे,रोहित कार्की,शुशिला बिडारी लगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ । अडियो तर्फ सबिन लिम्बुको म्युजिक एरेन्ज, राजा बाबु,अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीक...
संवैधानिक आयोगमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा सर्वोच्चमा
राजनीति, समाचार

संवैधानिक आयोगमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा सर्वोच्चमा

संवैधानिक आयोगहरुमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्। सभामुख सापकोटा संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
कर तिर्नु भएको छैन भने यो मौका फेरी न आउन सक्छ  !
अर्थ/व्यापार, समाचार

कर तिर्नु भएको छैन भने यो मौका फेरी न आउन सक्छ !

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ ले प्रदान गरेका छुट तथा सहुलियत प्रदान गर्ने भएको छ । विभागले एक सूचना प्रकाशित गर्दै छुट तथा सहुलियत प्रदान गर्ने जनाएको हो । विभागले निकालेको सूचनामा भनिएको छ, ‘आर्थिक ऐन २०७७ ले देहाय बमोजिमका छुट तथा सहुलियत प्रदान गरको हुँदा सम्बन्धित सबैलाई तोकिएको समयाभित्र दिएका छुट तथा सुविधाहरुको उपयोग गरि लाभान्वित हुन सबै करदाताहरुमा हार्दिक अनुरोध छ ।’ करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाह हुनेकुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यत्तिले स्थायी लेखा नम्बर लिए आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को कर बुझाउनु पर्ने आय विवरण र सो मा लाग्ने कर सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो बापत लागने शुल्क तथा व्याज मिनाह हुने साथै सो भन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने...
बन्द हड्तालको प्रभाव
राजनीति, समाचार

बन्द हड्तालको प्रभाव

डा.डिआर उपाध्याय हिजो गरिएको आम हड्तालमा सर्व साधरण जनताले दुःख बेहोर्नुप–यो । सत्तास्वार्थको राजनीतिले मुलुकलाई बन्धक बनायो । यस्तो राजनीतिले देश र जनताको हित गर्दैन । हिजोको आम हड्तालमा ट्याक्सी ,ट्रकमा बन्दकर्ताले तोडफोड र आगजनी गरे । यो देश र जनताको हित विपरित कार्य भयो । आफू सत्तामा हुँदा बन्द र हड्तालको विरोध गर्ने आफु सत्ता देखि बाहिर हुँदा बन्द र हड्ताल गर्ने यो कस्तो राजनीति हो ? बन्द हड्ताल ,चक्काजाम जस्ता गतिविधिले जनतालाई दुःख दिने काम गरेको छ ।विभिन्न राजनीतिक दल र केही समूहले आब्हान गरेका सडक संघर्षबाट जनता आजित भएका छन्। संसद् विघटनपछि मुलुकमा राजनीतिक संकट उत्पन्न भएको छ । राजनीतिक संकटलाई समाधान गर्ने बाटोतर्फ कोही पनि अग्रसर छैनन् । अहिलेको वर्तमान राजनीतिक घटनाक्रमलाई विभिन्न राजनीतिक दलहरूले आआफ्नै तर्क गरिरहेका छन् ।अहिले साना साना विषयमा उत्पन्न भएका विवादलाई सम...
लोकप्रिय गायक हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

लोकप्रिय गायक हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)

काठ्माण्डौ, लोकप्रिय गायक हेमन्त शर्माको स्वरले सुसज्जित ‘यस्तो बतास”को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा रहेको गीतको भिडियोलाई शशान कँडेलले निर्देशन् गरेका छन भने बिशाल श्रेष्ठ र कञ्चन फिचर्ड छन । https://www.youtube.com/watch?fbclid=IwAR0TX8OYMhVkk6RCqivXz95ofYoRR7pmSOhNT6aGGVK-lcN_MajUYabhScs&v=ga6yFZszcmI&feature=youtu.be भिडियोमा सुरज खनालको छांयाकन रहेको छ भने सम्पादन बिकास दाहालको रहेको छ । गीतमा शुवास गौतको शब्द, वरिष्ठ संगीतकार सुरेश अधिकारिको संगीत तथा चांड सिंहको संगीत संयोजन रहेको छ । सुरज इन्टर्टेन्मेन्टको सर्वाधिकार रहेको अडियो भिडियोलाई कम्पनीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने दर्शकश्रोताले तथा सम्पूर्ण शुभचिन्तकले हेरेर माया गरिदिनु हुन निर्देशक शशान कँडेलले आग्रह पनि गरेका छन ।...
प्रिन्स प्रसिद सिंह थापाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रिन्स प्रसिद सिंह थापाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)

सानै उमेर देखी स्टेज शो तथा फेशन शोहरुमा देखिने लोकप्रिय बाल कलाकार प्रिन्स प्रसिद सिंह थापा र प्रसिना बास्तोलाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिकभएको छ । दिपक राज सुनार को निर्देशनमा बनेको यो भिडियो दश म्यूजिक नेपालको युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । https://youtu.be/IqkdSEnBHqw गायिका एन्जिला रेग्मी र गायक पुष्पराज बसेलको आवाजमा सजिएको यस गीतको भिडियोमा ,प्रिन्स प्रसिद सिंह थापाको साथमा जिबेस सिंह गुरुङ, रोसनी कार्की ,प्रसिना बास्तोला लगायतको अभिनय रहेको छ । भिम बिसीको कम्पोज रहेको गीतको ऐरेन्ज उदयराज पौडेलले गरेका छन । गीतलाई मिक्स तथा मास्टरिङ स्याम स्वेत रसाइलीले गरेका छन ।...
म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल
अन्तर्राष्ट्रिय, समाचार

म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् । चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ । तर चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन । गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ । विश्व समुदायले म्यान...
पीएसजीको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पीएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ ।...