पीएसजीको शानदार जित - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

पीएसजीको शानदार जित


फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे ।

जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *