कर तिर्नु भएको छैन भने यो मौका फेरी न आउन सक्छ ! - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

कर तिर्नु भएको छैन भने यो मौका फेरी न आउन सक्छ !


काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ ले प्रदान गरेका छुट तथा सहुलियत प्रदान गर्ने भएको छ । विभागले एक सूचना प्रकाशित गर्दै छुट तथा सहुलियत प्रदान गर्ने जनाएको हो ।

विभागले निकालेको सूचनामा भनिएको छ, ‘आर्थिक ऐन २०७७ ले देहाय बमोजिमका छुट तथा सहुलियत प्रदान गरको हुँदा सम्बन्धित सबैलाई तोकिएको समयाभित्र दिएका छुट तथा सुविधाहरुको उपयोग गरि लाभान्वित हुन सबै करदाताहरुमा हार्दिक अनुरोध छ ।’

करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाह हुने
कुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यत्तिले स्थायी लेखा नम्बर लिए आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को कर बुझाउनु पर्ने आय विवरण र सो मा लाग्ने कर सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो बापत लागने शुल्क तथा व्याज मिनाह हुने साथै सो भन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनु नपर्ने भएको छ ।

थप दस्तुर, शुल्क, व्याज तथा जरिवाना मिनाह हुने
स्थागी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक बर्ष २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ को आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम सम्वत् २०७७ साल फागुन मसान्नसम्म बुझाएमा सोभन्दा अघिका वर्षहरुको आय विवरण पेश गनुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी व्याज मिनाह हुनेछ ।

स्थायी लेखा नम्बर लिई आर्थिक बर्ष २०७३/७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने बार्षिक पचास लाख रुपैयाँभन्दा वढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, सो आय बिवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले रकम सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाह हुनेछ ।

सम्वत् २०७५ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर वितरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दता भएका कनै पनि करदाताने आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको पचास प्रतिशतले हुने रकम सम्वत् २०७७ साल फागून मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना थप दस्तुर तथा बाँकी व्याज मिनाह हुनेछ ।

माथि उल्लेखित म्यादभित्र मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातामध्ये सम्वत् २०७३ साल असारसम्मको कर विवरण पेश नगर्ने करदाताको दर्ता स्वतः खारेज हुनेछ ।

दर्ता खारेज भएका करदाताले पेश गर्नुपर्ने कर विवरण दिला पेश गरेको वा कर विवरण पेश नगरेको कारणले लाग्ने जरिवाना मिनाह हुनेछ ।

कर विवरण ढिला वापतको वक्यौता वाहेक अन्य कर बक्यौता रहेका करदाताको त्यस्तो बक्यौता रकमको अभिलेख कायम गरी असुल गरिनेछ ।

प्रशानकीय पुनरावलोकन वा पुनरावेदन रहेका मुद्दा फिर्ता लिने सम्बन्धि विशेष व्यावस्था
आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तशुल्क ऐन २०५८ बमोजिम सम्वत् २०७५ साल असार मसान्नभित्र भएको कर निर्धारण वा अन्तःशल्क निर्धारण (झुटा तथा नक्कली बीजक सम्बन्धमा भएको कर निर्धारण बाहेक) उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग समक्ष प्रशासकिय पुनारवलोकनका लागि निवेदन दिई विचाराधिन रहेको वा विभागको निर्णयमा चित्त नबुझाई राजस्व न्याधिकरण वा अदातलमा पुनारवेदनमा गई विचाराधिन रहेका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क वापतको कर रकम र सोमा लागेको ब्याज सम्वत् २०७७ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिनाह हुनेछ ।

कोभिड १९ को संक्रमणबाट प्रभावित कारोबारमा कर छुट सहुलियत सम्वन्धी व्यक्स्था
वार्षिक बीस लाख रुपियाँसम्मको कारोबार वा दुई लाखसम्म आय भई आयकर ऐन, २०५८ को दफा को उपदफा (४) बमोजिम कर लाग्ने करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने करना पचहतर प्रतिशत छुट हनेछ ।

आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क) वमोजिम कारोबारको आधारमा कर बुझाउने वार्षिक बीस लाख रुपैयाँदेखि पचास लाख रुपियाँसम्मको कारोबार भएका करदातालाई आय बर्ष २०७६/७७ मा लाग्ने करमा पचास प्रतिशत छुट हुनेछ ।

वार्षिक एक करोड रुपैयाँसम्मको व्यवसायिक कारोवार भएका व्यक्तिलाई आव वर्ष २०७६/७७ मा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करमा पच्चीस प्रतिगतले छुट हुनेछ ।

होटन, ट्राभल, ट्रेकिड्, यातायात वा हवाई सेवाको वार्षिक एक करोड रुपैयाँभन्दा वढी कारोबार गर्ने व्यक्तिलाई आय वर्ष २०७६/७७ मा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको २० प्रतिशतले छुट हुनेछ ।

कर विवरण पेश गर्नुपर्ने अवधिमा सशोधन
छापा तथा विद्युतीय प्रकाशन वा प्रशारण गृह, पर्यटन, चलचित्र घर तथा ढुवानी व्यावसायिले मूल्य अभिवृद्धिकर विवरण पेश गर्ने अवधि चौमासिक कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *