चकलेटी नायक संजित भण्डारी अभिनित तथा गायक कृष्णराज भण्डारीको स्वरमा रहेको“जुन दिन मलाई” सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

चकलेटी नायक संजित भण्डारी अभिनित तथा गायक कृष्णराज भण्डारीको स्वरमा रहेको“जुन दिन मलाई” सार्वजनिक (भिडियो)


लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल छन्दे निर्देशित तथा संचारकर्मी राज लुईटेल द्धारा वियोगान्त कथामा निर्मित “जुन दिन मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबबाट सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

गायक कृष्णराज भण्डारीको स्वर,शब्द,संगीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी,श्रीदेब भट्टराई तथा नव मोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरुमा प्रेम पाण्डे,रोहित कार्की,शुशिला बिडारी लगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ ।

अडियो तर्फ सबिन लिम्बुको म्युजिक एरेन्ज, राजा बाबु,अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीको मिक्सिङ्ग रहेकोे छ भने अकेस्टिक रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गीतको पोस्टर डिजाईन आई क्याच स्टुडियोले गरेको छ । माया बोलिमा होईन व्यवहारमा देखाउनु पर्छ भन्ने मूल मर्मका साथ बनेको यो गीतलाई वास्तविकता एल्बममा समाबेश गरिएको छ ।

पछिल्लो पटक निर्देशनमा समेत हात हालेका कलाकार गोपाल ढकाल छन्देले यस गीतको भिडियोलाई दर्शकहरुले अवस्य मन पराउने कुरामा निर्माण पक्ष आफु ढुक्क भएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *