समाचार Archives - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

समाचार

शाश्वत सत्य
समाचार, समाज

शाश्वत सत्य

– युवराज अधिकारी तिम्रो आगमनले ल्याएको खुशी र मुस्कानयति छिट्टै दैवले चुँडालिदिन्छसोचेकै थिइन, मेरो खुशी, पिडा र आँशु पनि बुझ्नेतिमीलाई म कसरी पशु भनुँचाहे दुनियाले तिमीलाई पशु भनोस्, निस्वार्थ मायाको प्रतिमूर्ति तिमीमेरो दुःखको साथी, तिम्रो छुनुमुनु र बाल्यपनयौवनको उन्मादमा पनिशान्त, कोमल र हृदयस्पर्शी,तिमीले म टाढा दूरदेशमा रहेको बेलाकसरी चटक्कैै छोडेर गयौशायद, अन्तिम छट्पटाहटमामलाई खोज्यौ होला,आँशु बहाएर रोयौ होलामेरो प्रिय फुच्चे । तिम्रो अगाध स्नेहयतिखेर जलाइरहेछतिमी थियौ र त उज्यालो गरायौ मेरो सानो संसारतिमी थियौ र त मुस्कान थियो मेरो थकित मुहारमाअब सिर्फ तिम्रो सम्झना, तिम्रो मायाको झझल्कोतिम्रो लुटुपुटुको यादशायद, अब सशरीर तिमीलाईन म माया गर्न सक्छु, न तिमीले नै मलाईस्नेही आँखा र पाइलाहरुले मल्हम लाउन सक्छौ,म घरबाट निस्कँदाझ्यालको खिड्की वा बार्दलीबाटपरपरसम...
सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता
अर्थ/व्यापार, समाचार

सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र वैँकद्वारा इजाजत प्राप्त संस्था सिटी वालेट र विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा एप्क्यानको तर्फबाट अध्यक्ष प्रज्वल बस्नेत र सिटी पेको तर्फबाट सिइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन्। विदेशमा शिक्षा लिइरहेका नेपाली विद्यार्थीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहकार्य गरिएकाे एप्क्यानले जनाएकाे छ। सम्झाैतापछि यसबारे जानकारी दिदैँ अध्यक्ष बस्नेतले भने, ‘सिटी वालेटसँगको हाम्रो साझेदारी हाम्रो लक्ष्यसँग मिल्दोजुल्दो छ। नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कार्यमा सहयोग गर्न हामी...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायका तीन गीति एल्बम विमोचन
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायका तीन गीति एल्बम विमोचन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका फरक शैलीका तीन गीति एल्बम विमोचन गरिएको छ । शुक्रवार काठमाडौंको चाबहिलमा एक कार्यक्रमका बीच कीर्तिमानी गीतकार उपाध्यायका ‘आकांक्षा’, ‘अभिभूत’ र ‘अभिलाषा’ एल्बम विमोचन गरिएको हो । एल्बमलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, कीर्तिमानी गायक/संगीतकार सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी, लेखक एवं मिलाप फाउण्डेसनकी अध्यक्ष गीता अधिकारी, युथ क्रियसनका अध्यक्ष रमेश थापा, गीतकार उपाध्यायलगायतले विमोचन गरेका थिए । यी तीनवटै एल्बम फरक शैलीका रहेका छन् । एल्बम ‘आकांक्षा’मा म्यासअपसङ रहेका छन् । अर्थात् एउटै ट्र्याकमा धेरै गीतहरूको अंशलाई जोडेर गीत बनाइएको छ । यसमा तीन दर्जनभन्दा बढी गीत रहेका छन् । यस्तै, एल्बम ‘अभिभूत’मा रिंगब्याक टोन सिआरबिटी र पिआरबिटी एकल गीतकारको शब्द रचनामा रहेका १५० भन्दा बढी गीतहरू रहेका छन् । त्यसै गरी एल्बम ‘...
चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती
अर्थ/व्यापार, समाचार

चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती

काठमाडौं । चलचित्रकर्मीको हक,हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. विच आज एक कार्यक्रमका माझ चलचित्रकर्मी तथा चलचित्र संरक्षण मञ्चमा आबद्ध सदस्यको आबधिक विमा गर्ने बारे एक आपसमा सहमती भएको छ । यस कार्यक्रममा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल(रोजन) र उपमहासचिव तेज गिरीको उपस्थिति रहेको थियो भने इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का,उपमहाप्रबन्धक नरोत्तम ढकाल,कर्पोरेट सेल्सबाट सामिन सिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो । चलचित्रकर्मीहरुको कामका दौरानमा अथवा अन्य भवितब्य घटनाबाट मृत्यु हुँदा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम रु.१ लाख देखि अधिकत रु.२० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो । यस योजनामा बार्षिक र...
विश्व किर्तिमानी गीतकार डा.उपाध्यायद्वारा प्रेम दिवसमा ‘हट एयर बेलुन’मार्फत गीत सार्वजनिक
मनोरन्जन, समाचार

विश्व किर्तिमानी गीतकार डा.उपाध्यायद्वारा प्रेम दिवसमा ‘हट एयर बेलुन’मार्फत गीत सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायले आफ्ना प्रस्तुतिलाई अनौठो तरिकाले प्रस्तुत गर्ने गर्नुहुन्छ । सधै केही न केही नयाँनयाँ तरिका अपनाएर आफ्ना प्रस्तुति सार्वजनिक गर्नुहुने डा.उपाध्यायले प्रेम दिवसको अवसर पारेर आफ्ना गीत ‘हट एयर वेलुन’मार्फत सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्ना एक सय पचासभन्दा बढी गीत बेलुन ‘हट एयर बेलुन’मार्फत आकाशमा उडाएर सार्वजनिक गर्नुभएको हो । भक्तपुरको देउराली डाडामा रहेको टेन्ड हेवन हिल रिसोर्टमा एक कार्यक्रमबीच डा.उपाध्यायले आफ्ना एक सय पचासभन्दा बढी गीतलाई हट एयर बेलुनमार्फत आकाशमा उडाएर सार्वजनिक गर्नुभएको हो । प्रेम दिवस मनाउन रिसोर्टमा पुगेका थुप्रै युवा युवतीले उक्त दृश्यमा रमाइलो गरेका थिए । डा.उपाध्यायका गीत अंकित थुप्रै गीत आकाशमा उडिरहँदा एक खालको रमाइलो वातावरण बनेको थियो । रिसोर्टका सञ्चालक रामजी अवालले पहिलो पल्ट यस्तो दृश्य देखे...
मोहन घिसिङ लामाको विश्व किर्तिमान
मनोरन्जन, समाचार

मोहन घिसिङ लामाको विश्व किर्तिमान

विगत लामो समयदेखि नेपाली कला संस्कृतिमा संरक्षण सम्वद्र्धनमा लाग्नुभएका गीतकार, निर्देशक एवं कलाकार मोहन घिसिङ लामाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले युट्युब थम्बलसहित एक सय एक गीत निकालेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । विश्वका विश्व कीर्तिमान प्रदान गर्ने विभिन्न दश संस्थाले प्रदान गरेको प्रमाणपत्र घिसिङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा फागुन २७ गते शनिबार प्रदान गर्नुभएको थियो ।सो अवसरमा घिसिङको चार हजार ६०० पेजको गीति, जीवनी र मिश्रित वंशावलीको बृहत् पुस्तक पनि प्रधानमन्त्री प्रचण्डले लोकार्पण गर्नुभएको थियो । यस कृतिमा चार हजार ४०० गीत र चार जाति तथा एघार थरको वंशावली रहेको छ । चार जातिमा तामाङ, घिमिरे खत्री, नेवार र माझीको रहेको छ । साथै यो कृतिमा उहाँको जीवन वृतान्त पनि रहेको छ । कवि, गी...
निर्भाणा एकेडेमीद्वारा चित्रकला प्रदर्शनी आयोजना
शिक्षा, समाचार

निर्भाणा एकेडेमीद्वारा चित्रकला प्रदर्शनी आयोजना

सीतापाइला, काठमाडौं  स्थित निर्भाणा एकेडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६, २७ र २८ गते बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो । उक्त  प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्यनरत ३८ जना विद्यार्थीहरुको  चित्रकला समावेश गरिएको थियो । यस विद्यालयको इतिहासमा पहिलोपटक यस प्रकारको प्रदर्शनी आयोजना भइरहेको भएको आयोजक बताउँछ । यस प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित ८ विद्यालयका करिव ६०० विद्यार्थीहरु, ६०० अभिभावकहरु र अन्य १०० पर्यवेक्षक सहित करिव १६०० व्यक्तिहरुले चित्रकलाको अवलोकन भएको प्रदर्शनी संयोजक लक्ष्मी मास्के (पुनम) ले जानकारी गराउनु भयो । वरिष्ठ शिक्षाविद, गुणबिज्ञ तथा हाइगा आर्टिस्ट प्रा. दिनेश प्रसाद चापागाँईको प्रमुख आतिथ्यमा यस प्रदर्शनीको उद्घाटन माघ २६ गते नेपाल आर्ट काउन्सिलको सभाकक्षम...
सन्दिप भुजेलको निर्देशनमा ‘माया को धून'(भिडियो)
मनोरन्जन, समाचार

सन्दिप भुजेलको निर्देशनमा ‘माया को धून'(भिडियो)

काठमाडौं – चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो `माया को धून´एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले Rani Shakya official युट्युव च्यानलमार्फत यो गीत सार्वजनिक गरेको हो। सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरिरहेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। यो गीतमा ख्यातिप्राप्त गायक प्रताप दास र गायिका रानी शाक्य को संयुक्त आवाज सुन्न सकिन्छ । सैलेन्द्र प्रधान `बाबु´ले गीतको अडियो एरेन्ज गरेका हुन् । यस गीतलाई राजेश कुमार श्रेष्ठले मिक्स्किङ गरेका हुन। चर्चित गीतकार राजेश शाक्य को शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् । गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता सुरेश कोहली र अभिनेत्री स्रद्धा छेत्रीले अभिनयमा अनस्क्रिन रोमान्स गरेका छन् । म्यू...
भाइब एजुकेशन र एप्क्यानबीचकाे एजेन्ट मिट कार्यक्रम सम्पन्न
शिक्षा, समाचार

भाइब एजुकेशन र एप्क्यानबीचकाे एजेन्ट मिट कार्यक्रम सम्पन्न

काठमाडौँ- शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) र भाइब एजुकेशनबीचको ‘एजेन्ट मिट’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको रोयल सिंगे होटलमा एप्क्यान सदस्यहरू माझ भाइव एजुकेशनका प्रतिनिधीद्वारा ‘इन्फरमेशन शेसन’ सञ्चालन गरिएको हो। कार्यक्रममा बोल्दै एप्क्यान अध्यक्ष प्रज्वल बस्नेतले भाइव एजुकेशनसँगको सहकार्यले दुवइको शिक्षालाई नेपाली विद्यार्थीमाझ परिचित गराउन सहयोग पुग्ने बताए। उनले संस्थाले आगामी दिनमा यस्ता कामलाई थप शसक्त रुपमा अघि बढाउने विषयमा जोड दिए। कार्यक्रममा एप्क्यान महासचिव अनिल शर्मा पौड्यालले विभिन्न नयाँ शैक्षिक गन्तव्यकोबारेमा आफ्ना सदस्यहरूलाई जानकारी दिने उद्देश्यले दुवइको भाइव कलेजसँग सम्झौता गरिएको बताए।  कार्यक्रममा भाइब एजुकेशनका प्रतिनिधी प्रतिक पौडेलले दुवइको शैक्षिक वातावरण, अध्ययन पश्चातका अवसर, कलेजको भौतिक शेक्षिक पूर्वाधारको विषयम...
फोटोपत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन
समाचार, समाज

फोटोपत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

काठमाडौं । गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुको सस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् । यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिनुभयो । नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरु रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाइ पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै आजको बैठक...