खेलकुद

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

 ब्राजिली स्टार फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को शानदार जित हात पार्‍यो । जसमा नेयमारले मात्रै २ गोल गरे । यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला पनि लिएको छ । ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारबाहेक अर्को एक गोल कप्तान मार्किन्हसले गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो ।...
क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना
खेलकुद, समाचार

क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना

कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् । होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो ।
ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण
खेलकुद, समाचार

ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण

ओलम्पियन दीपक विष्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तेक्‍वान्दोका कीर्तिमानी खेलाडी विष्टले बिहीबार फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । यसअघि उनको परिवारका ६ जनामा कोरोना संक्रमण देखिए पनि उनीहरु हाल निको भइसकेका छन् । ‘‘कोरोना संक्रमणको महामारी हाम्रो घरमा पनि पसेरै छाड्यो । ६ जनामा अब कोरोना संक्रमणबाट मुक्त हुन बाँकी म मात्र छु । तपाईहरुको शुभेच्छाले म पनि चाँडै निको हुने विश्वासमा छ । स्वास्थ्य मापदण्डमा पूरा गर्ने कोसिस गर्दा गर्दै सायद आफ्नै कमजोरीले संक्रमण भयो । सकेसम्म संक्रमण हुन नदिन शारीरिक दूरी कायम गर्ने, मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुहोला,” उनले फेसबुकमा लेखेका छन् ।...
कप्तानलगायत तीन खेलाडीलाई कोरोना भएपछि अन्य पाँचजनालाई बन्द प्रशिणका लागि बोलाइयो
खेलकुद, समाचार

कप्तानलगायत तीन खेलाडीलाई कोरोना भएपछि अन्य पाँचजनालाई बन्द प्रशिणका लागि बोलाइयो

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारदेखि शुरु हुने भनिएको बन्द प्रशिक्षणका लागि खेलाडीको कोरोना परीक्षण गर्दा तीनजना खेलाडीमा कोरोना संक्रमण देखिएपछि अन्य पाँचजना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ। यसअघि क्यानले बोलाएको २२ जनामा नपरेका थप पाँचजनालाई प्रशिक्षणका लागि बोलाइएको हो। मंगलबार गरिएको कोरोना परीक्षणको बुधबार आएको रिपोर्टमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र अलराउण्डर रोहित पौडेल संक्रमित भएको पुष्टि भएको थियो। क्यानले विक्रम सोब, अनिल शाह, कुसल भुर्तेल, रित गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।...
नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित

नेइमारको गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो । आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । उनको त्यो गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ।...
रोनाल्डोको दुई गोलको मद्दतले युभेन्टस विजयी
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

रोनाल्डोको दुई गोलको मद्दतले युभेन्टस विजयी

चार मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै साबिक विजेता युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औँ र ४२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेलाई जीत दिलाउन सफल भएका हुन् । रोनाल्डोले यो सिजन लिगमा आफूले खेलेका सबै ५ खेलमा गोल गरेका छन् । कूल आठ गोलसहित मिलानका एसी मिलानका ज्लाटान इब्राहिमोविचसँगै उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् । जीतसँगै ८ खेलबाट १६ अंक बटुल्दै युभे शीर्ष स्थानमा रहेको एसी मिलानसँग एक अंकले पछि रहेको छ । तर, मिलानले एक खेल कम खेलेको छ । मिलानले आइतबार चौथो स्थानमा रहेको नापोलीसँग खेल्नेछ । शीर्ष पाँचमा रहेका बाँकी सबै टोलीभन्दा युभेन्टसले एक खेल बढी खेलेका कारण ऊ दोस्रो स्थानमा एक दिनका लागि मात्र रहन सक्छ । चार खेलमा जीत र चारमा बराबरीसहित युभे यो सिजन लिगमा अपराजित र...
बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता
खेलकुद, समाचार

बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ। ढाकास्थित बंगबन्धु रंगशालामा भएको पहिलो खेल २–० ले गुमाएको नेपालले दोस्रो खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसकै तयारीका रुपमा मैत्रीपुर्ण खेललाई लिएको छ। मैत्रीपुर्ण खेलबाट विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। मैत्रीपुर्ण खेलका लागि बगंलादेश पुगेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भने उतैबाट आइलिग खेल्न भारत पुगिसकेका छन्।...
बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना संक्रमण
खेलकुद, समाचार

बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना संक्रमण

बंगलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहनुभएका उपाध्यायलाई कोरोना भएको हो। सङ्क्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य छ। यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो। नेपाली फुटबल टोली बङ्गलादेशविरुद्ध दुई अन्तरराष्ट्रिय खेल खेल्न ढाका गएको हो। गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो।...
फ्रान्सले स्विडेनमाथि सहज जित हात पार्यो
अन्तर्राष्ट्रिय, खेलकुद

फ्रान्सले स्विडेनमाथि सहज जित हात पार्यो

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले स्विडेनमाथि सहज जित हात पारेको छ । समूह ए४को अन्तिम खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ । खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे । खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो । दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे । खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे । जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा परेको ...
सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाइन बिग बास लिगमा सय छक्का प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । उनले महिला बिग बाश लिग अन्तर्गत शनीवार मेलबर्न रेनेगेड्स विरुद्व भएको खेलमा यो किर्तिमान पुरा गरेकी हुन । सोफीले उक्त खेलमा अविजित ७७ रनको पारी खेल्दै पर्थ स्कोचर्सलाई ९ विकेटले जित दिलाईन । पर्थ स्कोचर्सले उक्त खेल ३१ बल बाँकि रहदै जितेको थियो । आफ्नो ७७ रनको पारीमा सोफीले ३ छक्का प्रहार गरेकी थिईन । देब्रे हाते खेलाडी सोफीले अहिले सम्म महिला बिबिएलमा ७४ खेल खेलेकी छिन र १०१ छक्का प्रहार गरेकी छिन । उनले महिला बिबिएलमा ३९.८८ को औसतमा २ हजार ४ सय ३३ रन बनाएकी छिन । यसक्रममा उनको अधिकतम स्कोर अविजित १०३ रन रहेको छ । उनले अहिले सम्म महिला बिबिएलमा १५ पटक ५० भन्दा बढी रन बनाएकी छिन । साथै जारी प्रतियोगितामा उनले २ सतक पनि प्रहार गरेकी छिन ।...