खेलकुद Archives - राष्ट्रपत्र
मङ्लबार, अशोज ५, २०७८

खेलकुद

टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न
खेलकुद, समाचार

टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न

टिम गोर्खालीको आयोजनामा सुरु भएको सैपाल च्याम्पियनसिप फ्री फायर क्लास स्क्वाड ग्युल्ड टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । सैपाल एकेडेमीको सहकार्यमा आयोजित २० दिन लामो ईस्पोटर्स प्रतियोगिता बिहीबार सकिएको हो । प्रतियोगितामा देशभरका ९८ टोलीले प्रतिस्पर्धा गरेका थिए । सैपाल एकेडेमीको प्रमुख प्रायोजन तथा क्युपिड स्टुडियो एसोसिएट र जेनिथ एजुकेसनल कन्सल्टेन्सी, के मार्सल आर्ट, हायर मी, ग्रेस ईभेन्ट र सिक्स्टी थ्री स्टुडियोले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएका थिए । आयोजक टिम गोर्खालीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न यो एउटा ठूलो कदम उठाएको बताएको छ । जुन २७, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १७ सम्म चलेको थियो । जसअन्तर्गत पुरस्कार वितरण कार्यक्रम भने जुलाई २२ मा सैपाल एकेडेमी, धुम्बाराहीमा गरिएको हो । फरक फरक स्तरका टोली सहभागी यो प...
किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनार पाँचौँ विश्व किर्तिमान राख्न सफल
खेलकुद, समाचार

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनार पाँचौँ विश्व किर्तिमान राख्न सफल

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाबाट पाँचौँ पार्कर विश्व किर्तिमान राख्न सफल भएका छन् । खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाँडामा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउँदै पार्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन। चार पटकको आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएका छन् । सानैदेखि गाउँमा उफ्रिने उल्टीमार्ने गर्दै पछि पार्कर खेलाडीका रूपमा आफूलाई विश्वका सामु चिनाउनु सफल भएका हुन। ‘मस्ट ट्वि’स्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा पहिलोपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका दिनेशले गिनिज बुकमा नाम दर्ता गराउन ‘न्यूनतम १५ पटकसम्म गर्नुपर्ने उल्लेख थियो, तर उनले १८ पटकसम्म गरेको थिए। दिनेशले निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लोपटक जीपी फाउन्डेसन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको स...
इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोकप फुटबलको उपाधि
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोकप फुटबलको उपाधि

घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले जित हासिल गर्न सफल भयो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपरले रोकेका थिए । इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरेका थिए । मार्कुस राष्फोर्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपरले बचाउ गरेका थिए । खेलमा सुरुवाती अग्रता भने इंग्ल्यान्डले बनाएको थियो । खेलको...
इटाली समूह विजेता बन्दै युरोकपको नकआउटमा
खेलकुद, समाचार

इटाली समूह विजेता बन्दै युरोकपको नकआउटमा

इटाली र वेल्स युरोकपको नकआउटमा प्रवेश गरेका छन् । समूह विजेता बन्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० ले  पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । वेल्सविरुद्ध इटालीका माटियो पेसीनाले ३९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको ५६औँ मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि पनि उसले इटालीलाई गोल गर्न दिएन । जितसँगै समूह ‘ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो । इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो । ...
कोपा अमेरिका कप : अर्जेन्टिनाको पहिलो जित
खेलकुद, समाचार

कोपा अमेरिका कप : अर्जेन्टिनाको पहिलो जित

कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० ले हराउँदै अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको हो । लियोनल मेस्सीको पासमा गुइडो रोडरिग्वेजले खेलको १३औँ मिटेटमा गोल गर्दै अर्जेन्टिनालाई जिताएका हुन् । जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे ३ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ । ...
विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग पराजित
खेलकुद, समाचार

विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग पराजित

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो । नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गर्नुभयो । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ । कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गर्नुभयो । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इरा...
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली प्रस्थान गर्दै
खेलकुद, समाचार

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली प्रस्थान गर्दै

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज इराक प्रस्थान गर्ने लागेको हो । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्ने बताइएको छ । ईराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । बसरा अन्तराष्ट्रिय मैदानमा हुने खेलमा नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् । ...
कोरोना महामारी बढेपछि एसिया कप क्रिकेट स्थगित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

कोरोना महामारी बढेपछि एसिया कप क्रिकेट स्थगित

कोरोना भाइरसको महामारी बढेपछि एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ । एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ । सन् २०२२ मा एसिया कप आयोजनाको तय भइसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ । यस वर्षको एसिया कप श्रीलंकामा हुने तय भएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुने थियो । ...
वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन
खेलकुद, समाचार

वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन

महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष तथा नेपालकै पहिलो रेस्लर भगवति खड्का ‘युनिका’ ले जानकारी दिइन् । त्यस्तै रेस्लर तथा कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं ।’ ...
‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
खेलकुद, समाचार

‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आयोजक संस्थाद्धय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धिरेन शाक्य, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ । ‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आय...