खेलकुद

फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा

फिफाका उपाध्यक्ष ग्रेग क्लार्कले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । ६३ बर्षे ग्रेगले यूइएफले पदमा रहनका लागि आग्रह गर्दा पनि उनले पदबाट राजीनामा दिएका छन् । गत बर्ष युइएफएको सहयोगमा फिफाको उपाध्यक्षमा निर्वाचित भएका ग्रेगले यसअघि २०२३ सम्म बस्ने बताएको थिए । उनले वर्षको एक लाख ९० हजार पाउन्ड तलब पाउने गरेका थिए । अब ग्रेगले फिफाको भोटिङ राइट्सपनि गुमाएका छन् । उनले यूइएफएविरुद्ध नराम्रो कमेन्ट गरेको आरोप लागेको छ । क्लार्क फिफाको चुनावमा युएइफएबाट उपाध्यक्षमा लड्ने तेस्रो उपाध्यक्ष हुन ।...
आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो

आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।...
पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न
खेलकुद, समाचार

पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न

काठमाडौँ — कार्तिक २४, २०७७। नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ सेण्टर, नुवाकोटमा २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको कार्यक्रममा उहाँले मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र पनि यो समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिनुभयो । विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालन गरिएको उक्त सेमिनारमा स्वागत मन्तब्य संघका महासचिव तथा प्रशिक्षक प्...
क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि
खेलकुद, समाचार

क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि

 नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ । राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले उल्लेख गरे । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् । हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताए । खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न सकिने उनको भनाइ छ । य...
दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा

दिल्ली क्यापिटल्सलै ५७ रनले हराउँदै मुम्बई इण्डियन्स १३ औँ सिजनको आईपीएलको फाइनलमा प्रवेश गरेको छ । गएराति दुबईमा भएको खेलमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । उसका लागि मार्कस स्टोइनिसले ६५, अक्क्षर पटेलले ४२ र कप्तान श्रेयस अय्यरले १२ रन बनाए । बलिङमा जसप्रीत बुमराहले ४, ट्रेन्ट बोल्टले २ किरण पोलार्ड र कृणाल पाण्ड्याले एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।...
पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया

अर्जेन्टिनाका पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया भएको छ । उनको मस्तिष्कको नियमित शल्यक्रिया भएको निजी चिकित्सकले जनाएका छन् । मस्तिष्कमा रगतको दाग देखिएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । मंगलबार उनको शल्यक्रिया भएको हो । सन् १९८६ मा अर्जेन्टिनालाई म्याराडोनाले विश्वकप जिताएका थिए । सन् १९९० मा फाइनलमा पुर्याएका थिए । उनी शताब्दीकै महान फुटबल खेलाडीका रुपमा परिचित छन् ।...
सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा
खेलकुद, समाचार

सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा

सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा गएराति भएको समूह चरणका अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो ।मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा भेट्टायो ।  हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहले उत्कृष्ट ब्याटिङ गरे । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए भने साहले ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रन जोडे ।  वार्नर र साहले पहिलो विकेटका लागि अविजित १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबाद तेस्रो स्थानमा रहदैं प्लेअफमा पुगेको हो । ...
आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।अबुधाबीमा सोमबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेर दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान बनाएको हो । १५३ रनको लक्ष्य दिल्ली क्यापिटल्सले १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले ४६ बलमा ६० तथा शिखर धवनले ४१ बलमा ५४ रन बनाए । प्लेअफमा पुगेको दिल्ली क्यापिटल्सले नोभेम्बर ५ मा हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । पराजित भएको बैंग्लोर पनि रनरेटका आधारमा अघि रहँदै प्लेअफमा पुग्न सफल भएको छ । बैंग्लोरले कोलकाता नाइट राइडर्स वा सनराजर्स हैदरावादसँग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।कोलकाता चौथो स्थानमा छ । तर मंगलबार हुने समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सकेनमा हैदराब...
च्याम्पियन्स लिगको पहिलो सिजनमा चेल्सीको जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

च्याम्पियन्स लिगको पहिलो सिजनमा चेल्सीको जित

चेल्सीले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सी बुधबार राति भएको खेलमा एफके क्रास्नोडरलाई ४-० ले पराजित गर्न सफल भएको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको हो । उसका लागि ३७ औँ मिनेटमा कालम हड्सन ओडोइले गोल गरी सुरुवाति अग्रता दिलाए । ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा टिमो वेर्नरले गोल गरे । ७९ औँ मिनेटमा हकिम जियचले चेल्सीबाट आफ्नो पहिलो गोल गरे । ९० औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेपछि चेल्सी ४-० ले विजयी भयो । सोही समूह अन्तर्गत भएको अर्को खेलमा सेभिल्लाले रिनेसलाई १-० ले पराजित गरेको छ । चेल्सी र सेभिल्ला दुवैको समान चार चार अंक रहेको छ । उनीहरु क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।...
बार्सिलोनाका अध्यक्षद्वारा राजीनामा
खेलकुद, समाचार

बार्सिलोनाका अध्यक्षद्वारा राजीनामा

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा दिएका छन् । क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले मंगलबार पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । तर मारिया बार्टोमेउ भने आफू यूरोपियन सूपर लिगका क्लबमा जोडिने तय भएकोले अध्यक्षबाट राजीनामा दिएको बताएका छन्। उनी सन् २०१४ मा क्लबको अध्यक्ष बनेका थिए।...