नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित


नेइमारको गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो ।

आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । उनको त्यो गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *