बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता


बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ। ढाकास्थित बंगबन्धु रंगशालामा भएको पहिलो खेल २–० ले गुमाएको नेपालले दोस्रो खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसकै तयारीका रुपमा मैत्रीपुर्ण खेललाई लिएको छ।

मैत्रीपुर्ण खेलबाट विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।

मैत्रीपुर्ण खेलका लागि बगंलादेश पुगेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भने उतैबाट आइलिग खेल्न भारत पुगिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *