खेलकुद

ईशान्त शर्मा आईपीएलबाट बाहिर
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

ईशान्त शर्मा आईपीएलबाट बाहिर

इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीलाई अर्को झड्का लागेको छ। दिल्लीका प्रमुख फास्ट बलर ईशान्त शर्माले लिगका बाँकी सबै खेल गुमाउने भएका छन्। उनी चोटका कारण आईपीएलबाट बाहिरिएका हुन्। उनलाई अभ्यासको क्रममा नेटमा बलिङ गर्दा बाँया तर्फको करङमा चोट लागेको थियो। इशान्तले जारी आइपीएलमा एक खेल मात्र खेलेका छन्। उनी हैदरावादविरुद्धका खेलेका थिए । आईपीएल शुरु हुनभन्दा पहिला पनि घाइते भएका उनले शुरुवाती खेलहरु गुमाएका थिए। योसँगै दिल्लीले जारी आईपीएलमा आफ्ना दुई खेलाडीलाई गुमाएको छ। यसअघि स्पिनर अमित मिश्रा पनि चोटका कारण बाहिरिसकेका छन्। यूएईमा जारी खेलमा दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।...
एउटै खेलाडी एउटै बलमा २ पटक आउट
खेलकुद, समाचार

एउटै खेलाडी एउटै बलमा २ पटक आउट

इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेन्नइ सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्यो । यो खेलको १९ औं ओभरमा एउटा रोचक घटना भयो । दोस्रो इनिङको १९ औं ओभरको अन्तिम बलमा हैदराबादका ब्याट्सम्यान राशिद खान आउट भए । तर, उनी कसरी आउट भए भन्ने विषयमा केही समयसम्म फ्यानहरुमा अलमल भइराख्यो । किनकि उनी दुई किसिमले आउट भएका थिए । शार्दुल ठाकुरको बललाई राशिदले छक्का हान्ने प्रयास गरेका थिए तर उनी बाउण्ड्रीनजिकै दीपक चहरको हातबाट क्याच भए । तर, ठूलो शट खेल्ने प्रयासमा उनी यता क्रिजको पनि भित्रैसम्म पुगेका थिए जसका कारण उनको खुट्टाले स्टम्पमा लाग्यो र स्टम्पको गिल्ली खस्यो । अर्थात राशिद उता क्याच आउट भएका थिए भने यता हिट विकेट आउट पनि भएका थिए । अम्पायरले हिट विकेट आउट दिए किनकि दीपक चहरले बल समात्नुभन्दा पहिल्यै राशित आफैंले स्टम्प ढलाइसकेका थिए । यससँगै राशिद आइपिएलमा ह...
साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण
खेलकुद, समाचार

साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला तर्फ १८–३१ उमेरमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै पहिलो भएकी हुन् । ७.२६ अंकसाथ स्युचाटारकी सन्जिला तिम्सिना दोश्रो भइन् । भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशिला राईले तेश्रो स्थानमा सीमित भए । यो स्पर्धामा पार्वतीसहित शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन् । सोही स्पर्धाको पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो भए । उनले ६.१० अंक जोडे । ६.०३ अंकका साथ बागलुङका युकेश थापा मगर दोश्रो भए । सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई र चितवनका मोहम्मद उम...
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा
खेलकुद, समाचार

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा

आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । युनाइटेड तेक्वान्दो डोजाङले यसअघि काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से च्याम्पियनसिपको तीन संस्करण आयोजना गरिसकेको छ ।प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समय सिमा तोकिएको छ । यसैगरी नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोहरुको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने प्रतियोगिता संयोजक ...
धोनी रिसाएपछि फेरियो अम्पायरको निर्णय
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

धोनी रिसाएपछि फेरियो अम्पायरको निर्णय

इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती चेन्नइ सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । यो खेलका क्रममा एकपटक महेन्द्र सिंह धोनी रिसाएपछि अम्पायरको निर्णय नै बदलिएको छ । उनको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ मंगलबार राती १६८ रनको लक्ष्य पच्छ्याइरहेको हैदराबादको इनिङको १९ औं ओभरमा अम्पायल पल राइफलले वाइड दिनको लागि आफ्नो हात फैलाउनै लाग्दा महेन्द्र सिंह धोनीले विरोध जनाए । धोनीसँगै बलर शार्दुल डठाकुरले पनि विरोध गरे । त्यसपछि भने अम्पायरले बल वाइड दिएनन् । उता अम्पायरले बल वाइड नदिएपछि डकआउनमा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर निकै आश्चर्यचकित देखिए । सम्भवतः उनलाई यो बल वाइड नै छ भन्ने लागेको थियो र उनी अम्पायर आफ्नो निर्णयमा कायम रहन्छन् भन्नेमा विश्वस्त थिए ।...
भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याका फुटबलर बबी ओगोला ओडनगो नियुक्त
खेलकुद, शिक्षा, समाचार

भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याका फुटबलर बबी ओगोला ओडनगो नियुक्त

भेनस नेशनल कलेजले केन्याका अन्तराष्ट्रिय फुटबलर बबी ओगोला ओडनगोलाई फुटबल कोचमा नियुक्त गरेको छ । भेनसले बबीलाई  नेपालमा रहुन्जेलका लागि फुटबल कोचमा नियुक्त गरेको हो । भेनस कलेज  र बबी बीच  आईतबार क्लेजका अध्यक्ष पेमा छिरी शेर्पा र अन्तराष्ट्रिय फुटबलर केन्याको बबी ओगोला ओडनगो बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।क्याम्पस प्रमुख गौतमले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन केन्याको फुटबलर बबी ओगोला ओडनगोलाई नियुक्ती गरेको बताए । केन्यामा  जन्मेका बबी हाल २७ बर्ष उमेरका खेलाडाी रहेका छन् । बबी नेपाल प्रवेश गर्नु अघि केन्याको Mathare united र AFC S.C , उगान्डाको Villa S.C ,तान्जानियाको Coastal Union S.C क्लबमा आबद्घ भई खेल खेलिसकेका छन् ।  साथै उनी हाल नेपालको Machindra क्लबमा आबद्घ छन । त्यसैगरि बबीले Qual...
हैदराबादमाथि चेन्नाईको २० रनको जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

हैदराबादमाथि चेन्नाईको २० रनको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार दुबाईमा भएको खेलमा चेन्नाई सुपर किंग्स विजयी भएको छ । चेन्नाईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो । १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । उसका लागि केन विलियम्सनले ३९ बलमा ५७ तथा जोनी बाइर्स्टोले २४ बलमा २३ रन बनाए । असअघि पहिले ब्याटिङ्ग गरेको चेन्नाईले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि शेन वाट्सनले ३८ बलमा ४२, अम्बाती रायडूले ३४ बलमा ४१, साम करेनले २१ बलमा ३१ तथा रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन बनाए ।...
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित
खेलकुद, समाचार

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो । ३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ । पोर्चुगलको टिमका अरु खेलाडीलाई भने कोरोना भाइरसको संक्रमण भएको छैन । गएको आइतबार पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।...
इटाली बराबरीमा रोकियो
खेलकुद, मनोरन्जन

इटाली बराबरीमा रोकियो

नेशन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इटाली बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा इटालीले नेदरल्याण्डससँग १–१ को बराबरी खेलेको हो । समूह ए वानमा रहेको इटालीका लागि १६ औँ मिनेटमा लोरेन्जो पिलेग्रिनीले गोल गरे । २५ औँ मिनेटमा डोनी भान डी बीकले नेदरल्याण्डसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । बराबरीपछि चार खेलबाट ६ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा छ । पाँच अंकसहित नेदरल्याण्डस तेस्रो स्थानमा रहेको छ । सोही समूह अन्तर्गत बुधबार राति नै भएको खेलमा पोल्याण्डले बोजनिया–हर्जगोबिनालाई ३–० ले पराजित गरेको छ । विजयी भएको पोल्याण्ड चार खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा छ । नेशन्स लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा फिनल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई १–०, बेलारुसले काजखस्तानलाई २–० तथा स्लोभेनियाले माल्डोभालाई ४–० ले पराजित ग...