सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन


न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाइन बिग बास लिगमा सय छक्का प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । उनले महिला बिग बाश लिग अन्तर्गत शनीवार मेलबर्न रेनेगेड्स विरुद्व भएको खेलमा यो किर्तिमान पुरा गरेकी हुन । सोफीले उक्त खेलमा अविजित ७७ रनको पारी खेल्दै पर्थ स्कोचर्सलाई ९ विकेटले जित दिलाईन । पर्थ स्कोचर्सले उक्त खेल ३१ बल बाँकि रहदै जितेको थियो । आफ्नो ७७ रनको पारीमा सोफीले ३ छक्का प्रहार गरेकी थिईन ।

देब्रे हाते खेलाडी सोफीले अहिले सम्म महिला बिबिएलमा ७४ खेल खेलेकी छिन र १०१ छक्का प्रहार गरेकी छिन । उनले महिला बिबिएलमा ३९.८८ को औसतमा २ हजार ४ सय ३३ रन बनाएकी छिन । यसक्रममा उनको अधिकतम स्कोर अविजित १०३ रन रहेको छ । उनले अहिले सम्म महिला बिबिएलमा १५ पटक ५० भन्दा बढी रन बनाएकी छिन । साथै जारी प्रतियोगितामा उनले २ सतक पनि प्रहार गरेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *