ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण


ओलम्पियन दीपक विष्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तेक्‍वान्दोका कीर्तिमानी खेलाडी विष्टले बिहीबार फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

यसअघि उनको परिवारका ६ जनामा कोरोना संक्रमण देखिए पनि उनीहरु हाल निको भइसकेका छन् ।

‘‘कोरोना संक्रमणको महामारी हाम्रो घरमा पनि पसेरै छाड्यो । ६ जनामा अब कोरोना संक्रमणबाट मुक्त हुन बाँकी म मात्र छु । तपाईहरुको शुभेच्छाले म पनि चाँडै निको हुने विश्वासमा छ । स्वास्थ्य मापदण्डमा पूरा गर्ने कोसिस गर्दा गर्दै सायद आफ्नै कमजोरीले संक्रमण भयो । सकेसम्म संक्रमण हुन नदिन शारीरिक दूरी कायम गर्ने, मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुहोला,” उनले फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *