स्वास्थ्य

बिहीबार उपत्यकामा १९३५ संक्रमित थपिए
समाचार, स्वास्थ्य

बिहीबार उपत्यकामा १९३५ संक्रमित थपिए

पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जना संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार उपत्यकाका तीन जिल्लामा १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेमा काठमाडौंका १ हजार ६ सय ९२ रहेका छन् । त्यसपछि ललितपुर १ सय ८, भक्तपुरमा १ सय २४ र संक्रमित भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण  गर्दा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।...
पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित

 नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३  रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ थियो । पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...
ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी
समाचार, स्वास्थ्य

ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी

ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख डा खगेश्वर गेलालले बताए ।...
कोरोनाको औषधी मानिने गुर्जो सेबन गर्नुका यति धेरै फाइदा !
समाचार, स्वास्थ्य

कोरोनाको औषधी मानिने गुर्जो सेबन गर्नुका यति धेरै फाइदा !

आज भोली बजारमा गुर्जोको माग बढेको छ। खेतबारी र जंगलमा पाइने यो वनस्पतिबारे यसअघि कमैलाई मात्र थाहा थियो। कोराना महामारी बढ्दै गएपछि गुर्जोको माग बढेको विज्ञ बताउँछन्। यो कोरोनाको औषधि होइन तर मिलाएर खाएमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञ बताउँछन्।गुर्जो जुनसुकै उमेर समूहले पनि खान मिल्छ। खाने तरिका भने उमेर र तौलअनुसार फरकफरक हुन्छ। ‘आयुर्वेद चिकित्सकको सल्लाहअनुसार खानुपर्छ। आफ्नै तरिकाले मात्रा निर्धारण गरेर खानु घातक हुन सक्छ’, वैद्य भन्छन्।कोरोना संक्रमण बढ्दै गएपछि गुर्जोको माग धेरै भएको उनी बताउँछन्। मागअनुसार सेवाग्राहीसमक्ष पुर्याउन नसकिएको उनको भनाइ छ । गुर्जो समुद्री सतहको ३०० मिटर देखि १८०० मिटरको उचाइमा विभिन्न भौगोलिक क्षेत्रमा पाइन्छ। यो लहरा प्रजातिको वनस्पति हो। तराई तथा चुरे क्षेत्रमा पाइने गुर्जोको पात पानको जस्तै हुन्छ। यसको डाँठ फुस्रो हुन्छ । महाभारत पर्वत श...
कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु

कोरोना सङ्क्रमणका कारण काभ्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ। ती ७५ वर्षीया वृद्धाको बनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। काभ्रेमा आज ४० सङ्क्रमित थपिएका छन्। जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष छन्। कुल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत बनेपा नगरभित्र मात्रै छन्। नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन्। यस्तै कुल सक्रिय सङ्क्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन सङ्क्रमित छन्। ...
विश्वभर कोरोना संक्रमितको संख्या पुग्यो ३ करोड ८० लाख
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वभर कोरोना संक्रमितको संख्या पुग्यो ३ करोड ८० लाख

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ‘कोभिड–१९’ का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। जोन्स हपकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्। कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ। सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ। भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन्। अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ। सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ। अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।...
बर्दघाट नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने
समाचार, स्वास्थ्य

बर्दघाट नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्न अवकाश पछि रु दुई लाख उपदान दिने भएको छ । राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्दै आएका स्वयम्सेविकाले आफूहरुको योगदानको मूल्याङ्कन गरी नगरपालिकाले एकमुष्ठ उपदान दिने निर्णय गरेको भन्दै खुशी भएका छन् ।अब नगर भित्रका महिला स्वयम्सेविकाहरुले ६० वर्षमा सेवापछि अवकाश पाउँदा नेपाल सरकारले दिने रकमको अतिरिक्त नगरपालिकाबाट थप रु दुई लाख एकमुष्ठ पाउने नगर प्रमुख धीरज शर्मा बस्यालले विचारखबरलाई जानकारी दिनुभयो । नगरसभाबाट पारित भईसकेकोले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम कार्यान्वयन हुने उहाँले बताउनभुयो ।यस निर्णयबाट सामुदायिक स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने बताउँदै नगर प्रमुख बस्यालले भन्नुभयो, “समुदायमा रहेर विशेषगरी बाल मृत्युदर र मातृ ...
स्वास्थ्यका कर्मचारीलाई तलव नदिने अस्पतालको नविकरण हुँदैन : स्वास्थ्य मन्त्रालय
अपराध, समाचार, स्वास्थ्य

स्वास्थ्यका कर्मचारीलाई तलव नदिने अस्पतालको नविकरण हुँदैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको तलवभत्ता अस्पतालहरुले अनिवार्य बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेपछि स्वास्थ्य मन्त्रालयले तलवभत्ता बैंक मार्फत भुक्तानी गराउन सम्वन्धित निकायलाई निर्देशन दिन गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा,स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मुल्यांकन शाखालाई पत्र काटेको छ । मन्त्रालयले आफु मातहतका ४ विभागलाई निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले त्यस अस्पतालमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलवभत्ता बैक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० अनुसार अस्पताल संचालन स्वीकृति तथा नविकरण गर्...
काठमाडौका कुन वडामा कति संक्रमित , सूचि सहित
समाचार, स्वास्थ्य

काठमाडौका कुन वडामा कति संक्रमित , सूचि सहित

 देशका अरु ठाउँको तुलनामा काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेको छ । मंगलबार मात्रै उपत्यकामा एक हजार सात सय ४६ जनामा सङ्क्रमण देखिएको छ । उपत्यकामा सङ्क्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । काठमाण्डौ महानगरपालिकामा मात्रै १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय सङ्क्रमित सात हजार ५ सय १७ छन् । काठमाण्डौ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ ।...
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप २१२९ जनामा कोरोना पुष्टि

 काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।...