काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।