विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ‘कोभिड–१९’ का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।
जोन्स हपकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्।
कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ।
सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ। भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन्।
अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ। सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ।
अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।