कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु

कोरोना सङ्क्रमणका कारण काभ्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ। ती ७५ वर्षीया वृद्धाको बनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ।

योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

काभ्रेमा आज ४० सङ्क्रमित थपिएका छन्। जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष छन्।

कुल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत बनेपा नगरभित्र मात्रै छन्। नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन्।

यस्तै कुल सक्रिय सङ्क्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन सङ्क्रमित छन्।

काभ्रेको १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन्। बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोनामुक्त भएका हुन्। सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *