बिहीबार उपत्यकामा १९३५ संक्रमित थपिए - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

बिहीबार उपत्यकामा १९३५ संक्रमित थपिए


पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जना संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार उपत्यकाका तीन जिल्लामा १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेमा काठमाडौंका १ हजार ६ सय ९२ रहेका छन् । त्यसपछि ललितपुर १ सय ८, भक्तपुरमा १ सय २४ र संक्रमित भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण  गर्दा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.