स्वास्थ्य

नबिल बैंकका सिइओ अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

नबिल बैंकका सिइओ अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधवार शाहले आफ्नो गन्ध हराएको कारण पीसिआर परिक्षण गराएका थिए । तर त्यसबेला रिर्पोट नेगेटिभ आएको थियो । रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरि परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको हो । गन्ध थाहा नपाउने बाहेकका अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको आइसोलेसन बसेका शाहले जानकारी दिएका छन् ।...
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. उपाध्यायलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आउनु भएकालाई सचेत हुन आग्रह गर्नुभएको छ । बिहीबार शरीर दुखेको र ज्वोरो आएपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा शनिबार संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ । उपाध्याय होम आइसोलेसनमै बस्नुभएको छ । राष्ट्रपत्र परिवार उहाँको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ ।...
हेलच्याक्राई गरेनौं भने हामी संग कोरोना कहिले आउने छैन:डा डीआर उपाध्याय
समाचार, स्वास्थ्य

हेलच्याक्राई गरेनौं भने हामी संग कोरोना कहिले आउने छैन:डा डीआर उपाध्याय

कोभिड–१९ ले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको दर तीव्र गतिमा उकालिँदै छ । यो कोरोना भाइरस महिनौको लकडाउन र निषेधाज्ञाका बाबजुद पनि नियन्त्रणमा आउन सकेन । परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना गरे संक्रमणको दरमा कमी आउने जनस्वास्थ्य बिज्ञले बताईरहेका छन । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ । यो बिषयमा सरकारले बिचार गर्नु पर्ने आबश्यकता देखिएको छ । उपत्यकामा संक्रमण दर निरन्तर बढिरहेको छ । यो डर लाग्दो संकेत हो । आफनो सुरक्षा आफै गरौं । अनाबश्यक भिडभाड नगरौं । दशैको टिका नजिकै आएको छ । टिका लगाउन धेरै भिडभाड नगरौं । आफनै घरमा बसेर टिका लगाऔं । बाहिर हिड डुल नगरौ । कोरोना भाईरस संग छलिदै आफनो काममा लागौं । क...
विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक पुगेकाे छ।हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ९९ लाख ३७ हजार ६५ पुगेको हाे।  पछिल्लो २४ घण्टामा तीन लाख ७० हजार ६२० संक्रमित थपिएका हुन्।  कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख १४ हजार १८३ पुगेको छ।  पछिल्लाे २४ घण्टामा थप पाँच हजार ५५४ जनाकाे मृत्यु भएकाे हाे। वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९८ लाख ७९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ८९ लाख ४३ हजार ४०१ छ। त्यसमध्ये ७१ हजार ९३३ जना गम्भीर अवस्थाका छन्। सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८३ लाख ४१ हजार ८३६ पुगेको छ। भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ भने ब्राजिलमा ५२ लाख २४ हजार ३६२ छ। ...
विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमितको जोखिम बढेकाले भीडभाडमा नजान आग्रह
समाचार, स्वास्थ्य

विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमितको जोखिम बढेकाले भीडभाडमा नजान आग्रह

सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा भीड बढेसँंगै कोरोनाको जोखिम पनि बढेकाले भीडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुुभयो ।उहाँले हुल बाँधेर हिँड्ने र बजारमा भीड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तित समेत बनेको भन्दै भीडभाडमा नजान आग्रह गर्नुभयो । प्रवक्ता गौतमले विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमित भइएला भन्ने ध्यान दिन अपिल गर्नुुभयो । उहाँले मास्क नाकमुख छोप्नेगरी लगाएर भौतिक दूरी कायम गरे मात्र कोरोनाबाट बच्न सकिने भन्दै आफूू सुरक्षित रहेर मात्र किनमेलमा निस्कन आग्रह गर्नुुभयो ।...
कोभिड पाेजिटिभ वा लक्षण देखिएमात्र क्वारेन्टिनमा वा आइसोलेसनमा
समाचार, समाज, स्वास्थ्य

कोभिड पाेजिटिभ वा लक्षण देखिएमात्र क्वारेन्टिनमा वा आइसोलेसनमा

स्वास्थ्यकर्मीले अब कोभिड-१९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्ने नीति लिएको हो।  संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि सरकारले यस्तो नीति लिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको थियो। त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए। तर, अब लक्षण देखिए वा संक...
काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण

 काठमाडौं उपत्यकामा आज २४०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ। आज थपिएका संक्रमितमध्ये काठमाडौंका १७८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जना रहेका छन्।
थप ४३९२ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थप ४३९२ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

 नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। पछिल्लो २४ घण्टामा १६५३१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ।...
सेना र प्रहरीमा सङ्क्रमण बढ्दो
समाचार, स्वास्थ्य

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ। बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो। यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो। त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो। नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो। बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।...
थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो
समाचार, स्वास्थ्य

थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।