नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण
नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा नेपाल जेसीज अन्तर्गत SDG Committee ले एक सुन्दर वातावरण र राम्रो स्वास्थ्यका लागि आयुर्वेदिक बिरुवाहरु वितरण को एक राष्ट्रव्यापी परियोजना शुरू गरेको छ । आयुर्वेदिक बिरुवा वितरण कार्यक्रम १७ सेप्टेम्बर, २०२० मा नेपाल जेसीजका पूर्व अध्यक्ष, जेसीआई सेन राजेश मोहन प्रधान को मुख्य अतिथिमा आयोजना भएको थियो। यो पहल SDG Committee को लक्ष्य अनुसार नेपालमा जलवायु परिवर्तन मा परेको असर र नेपाली जनताको स्वास्थ्यमा परेको नकरात्मक असरमा केन्द्रित थियो । ठुलो बर्षाका बाबजुट पनि सो कार्यक्रम ललितपुरको भीमसेन मन्दिर नजिकै मंगलबजारमा नेपाल जेसीज अन्तर्गतका विभिन्न शाखाहरुका प्रतिनिधिहरु, स्थानीय समुदायका सदस्यहरु, प्रहरी प्रशासन र अन्य व्यक्तिहरुको बाक्लो उपस्थित भएको थियो । कार्यक्रमका अतिथि वक्ता श्री कमल बहादुर राजलावतबाट आयुर्वेदिक बिरुवाहरुले स्वास्थ्यमा पार्ने लाभ को...










