समाज

विश्वकिर्तिमानी डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान कायम
मनोरन्जन, समाचार, समाज

विश्वकिर्तिमानी डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान कायम

डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान सहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उहाँलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो । २१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गर्नुभएको थियो । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘यसरी एकैदिन फरक २१ विधामा दश ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहि...
नेपालकी वरिष्ठ व्यूटिसियन मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड
मनोरन्जन, समाचार, समाज

नेपालकी वरिष्ठ व्यूटिसियन मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेकी थिईन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड उचालेकी थिईन । सौन्दर्य क्षेत्रको करीब १८ वर्षे लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उनी नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा ...
रेडियो कै इतिहासमा पहिलो रेडियो रियालिटी प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुदै
समाचार, समाज

रेडियो कै इतिहासमा पहिलो रेडियो रियालिटी प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुदै

प्लानेट मल्टिमेडिया इन्टरनेसनल र रेडियो झापाको संयुक्त आयोजनामा स्टार आर्जे नामक प्रतियोगिता संचालन हुने भएको छ।  यो स्टार आर्जेको दोस्रो संस्करण हो। यसको पहिलो संस्करण गत बर्ष सम्पन्न भएको थियो।  पछिल्लो बर्ष कोरोना महामारीको कारण लकडाउनले गर्दा ओझेलमा परेको साथै बृहत योजना हुँदा हुँदै पनि सो अनुसार प्रतियोगिता संचालन गर्न धेरै बाधाहरुका कारणले धेरै कुरा समेट्न नसकेको आयोजकको भनाई रहेको छ।  तर यो पटक भने परिस्थिति अनुकुल रहेको कारण स्टार आर्जेको दोस्रो संस्करण बृहत र उच्च स्तरका साथमा सम्पन्न गर्ने तयारी भै रहेको पनि आयोजकले जनाएको छ। रेडियो टिभी तथा मेडिया क्षेत्रमा आफ्नो भबिष्य खोज्नेहरुको लागि यो एउटा राम्रो मंच हुन सक्छ। आयोजकका अनुसार मिडिया क्षेत्रमा जो जतिले आफ्नो करियर बनाउन चाहनुहुन्छ ति सबैको लागि लक्षित गरि यो प्रतियोगिता संचालन गरिएको हो।  यो प्रतियोगिता एउटा...
चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक
समाचार, समाज

चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक

कमला जोशीको प्रस्तुती रहेको चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’ बोलको गीत सार्वजनिक  भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ । सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् ।हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । https://youtu.be/1LGn9GlVx2s माधव राज खरेल निर्देशित उक्त चलचित्रलाई छिट्टै सार्वजनिक प्रर्दशनीमा ल्याउने निर्माण कम्पनील...
बिभिन्न क्षेत्रका ३३ प्रतिष्ठित ब्यक्तिलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’प्रदान
समाचार, समाज

बिभिन्न क्षेत्रका ३३ प्रतिष्ठित ब्यक्तिलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’प्रदान

भवानी इन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा ग्यालेक्सी एक्सीलेन्स अवार्ड वितरण गरिएको छ । समारोहमा सामाजिक, शैक्षिक, सांगितिक र कलाकारिताका क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ । कलाकारिता, सामाजिक, शैक्षिक र सांगितिक क्षेत्रका ३३ वटा विद्यामा अवार्ड वितरण गरिएको हो । आयोजक सोनितराज ढुङ्गेलका अनुसार कला क्षेत्रसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएकाहरुलाई अवार्ड प्रदान गरिएको हो । ¥याडिसन होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शैक्षिक, सामाजिक, होटल व्यवसाय, लगायतका विभिन्न विद्यामा प्रदान गरिएको अवार्डमा, बेस्ट सिङगर पपुलर चर्चित गायक प्रकाश सपुतलाई, बेस्ट प्रिन्सिपल दिवश शाक्यलाई, द बेस्ट कोभिड हिरो मनोज आचार्यलाई, द योङ एजुकेसन ह...
बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ बाट सम्मानित
समाचार, समाज

बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ बाट सम्मानित

काठमाडौ । ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य, नेपाली मौलिक कला, संस्कृति र साहित्य’ भन्ने मूल नाराका साथ फुलारा लिटरेचर फाउण्डेशन नेपालद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ प्रदान गरेको छ । नेपाली कला, संस्कृति, समाज, भाषा, साहित्य, चलचित्र, पत्रकारिता लगायतका विधामा रही विशिष्ठ योगदान दिनुभएका व्यक्तिहरूलाई ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ प्रदान गरिएको आयोजकले बताएको छ । यो सम्मान अनलाइनमार्फत वितरण गरिएको हो । विधागतरूपमा रहेका सम्मानित व्यक्तित्वहरूको नामावली, प्रमाण पत्र र शुभकामना पत्र फेसबुक, इमेल, भाइबर मार्फत सार्वजनिक गरिएको छ । बिभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई संस्थाको तेस्रो बार्षिक उत्सवको अवसरमा सम्मान गरिएको संस्थाका अध्यक्ष भीष्मराज फुलाराले बताउनु भयो । संस्थाले स्वदेश तथा विदेशमा रही लेखन, कलाकारिता, संगीत, पत्रकारिता, सामाजिक सेवा, सौन्दर्यरफेसन र व्यवसायमा आफ...
दसैमा खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं
समाचार, समाज

दसैमा खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं

-डा.डिआर उपाध्याय, दसै सुरक्षित भएर मनाऔं, खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं । आज भोली दसैं पर्वको चहलपल सुरु भएको छ। गत बर्ष कोरोना महामारीले दसैं खल्लो बनायो । यो वर्षको दसैं भने रमाइलो नै छ । दसै सुरक्षित भएर मनाऔं। खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं। कोरोना खोप धेरै नागरिकले पाइसकेका छन । अहिले देशमा लकडाउन छैन। स्वास्थ्य मापदण्ड अपनाएर हिडडुल गर्न पाइन्छ । तर ठूलो भिडभाडमा भने बस्नु हुदैन । हिजो सम्म यातायातका साधन निर्वाध रूपमा चलेका थिए । कोरोनाको कसैले ख्याल गरेको देखिदैन । कोरोना पूर्णरुपमा हटेको अवस्था अझै छैन। दैनिक संक्रमित भेटिएका छन्। कोरोनाकै कारण हुने मृत्युलाई शून्यमा झार्न सकिएको छैन। त्यसैले अझै स्वास्थ्य मापदण्डको पालना आवश्यक छ। स्वास्थ्य सुरक्षा प्राथमिक विषय हो। अघिल्लो वर्षको बडादसैंमा त्यस्तो रौनक थिएन । गत बर्ष दसैं घर परिवारमा मात्र सीमित बन्यो ।...
मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम
अर्थ/व्यापार, समाचार, समाज

मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम

मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो । अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आएका विभ...
सन्तुलित बहुउदेश्यीय सहकारी द्वारा बृहत रक्तदान
अर्थ/व्यापार, समाचार, समाज

सन्तुलित बहुउदेश्यीय सहकारी द्वारा बृहत रक्तदान

सन्तुलित बहुउदेश्यीय सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार ‘रक्तदान जीवन दान, सन्तुलितको विशेष अभियान’भन्ने नाराका साथ सेवा नै धर्म हो भन्ने मूलभावलाई आत्मसाथगर्दै का.म.न.पा-२५, बाङ्गेमुडा स्थित सन्तुलित बहुउद्देश्यीय सहकारी संस्था लि.ले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा १२० जनाको सहभागिता रहेको थियो भने ३३ प्रिन्ट रगत संकलन भएको थियो । कार्यक्रमको संचालन सोही सहकारीका सचिव दिपेन्द्रसिंह दर्नालले गर्नुभएको थियो । सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सन्तुलित सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेकोमा अतिथिहरूले धन्यवाद दिएका थिए । रक्तदाताहरूलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।...
टोखामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न
समाचार, समाज

टोखामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न

पि.डि.एस.एस. वातावरण संस्था तथा हिमालयन वातावरण संरक्षण प्रा.ली. र टोखा नगरपालिका-७ को आयोजनामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विहान टोखा नगरपालिका-७ को बाटो छेउछाउ तथा पार्कमा सरसफाईगर्दै जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । ‘फोहोर मैलाको उचित व्यवस्थापन सस्थागत अभियान’ मूल नारा राखिएको उक्त कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं अलौकिकको पनि संस्थागत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पि.डि.एस. एस. वातावरण संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले आफूहरूले विगत केही समयदेखि हरियाली काठमाडौंको परिकल्पनागरी सडक छेउछाउमा बोट बिरुवा रोपि त्यसको संरक्षण गर्दै आईरहेको बताउनुभयो । पौडेलले बोट बिरुवा रोपिसकेपछि त्यसको संरक्षण गर्न संस्थाले मात्र नभई हरेक समुदायले सहयोग पुर्‍याउनु पर्ने बताउनुभयो । आफूहरूले विगत लामो समयदेखि वातावरण संरक्षणको लागि सडक छ...