बिश्व रेकर्ड राखेका राजन खरेललाई पुर्व उपराष्ट्रपती झाद्वारा सम्मान - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

बिश्व रेकर्ड राखेका राजन खरेललाई पुर्व उपराष्ट्रपती झाद्वारा सम्मान


काभ्रे जिल्लामा जन्मिएका राजन खरेल सानै उमेरदेखि काठमाडौ हुर्की काठमाडौ लाईनै आफ्नो कर्म थलो बनायक छन् । उनले आफ्नो शीक्षा अरुणिमा उच्च मा.वि. बाट गरेका हुन् भने पढाई संगसंगै आफ्नो कामलाई पनि अगाडी बढाउँदै आएका थिय, सानै उमेर देखि ब्यबसाय र कला क्षेत्रलाइ मन पराउने राजनले आफ्नो कर्म थलो पनि यसैलाई बनाएका छन् ।

२०७० सालबाट कला र ब्यापार दुवै समायोजन हुनेगरि ‘‘स्माइल कला केन्द्र एंड फिट्नेस सेन्टर” खोलि आफ्ने कदम अगाडी बढाएका थिए, पछि पढाईले उनको कला यात्रा रोकिन पुग्यो समय संगै कला भन्दा ब्यबसाय तर्फ अगाडी बढ्न थाले र बुटिक ब्यबसाय गर्न लागे उनि ब्यबसाय मात्र सिमित नरही फेरी कला पनि अगाडी बुढाउने हेतुले फेरी मिडिया संग नजिक हुन थाले तर खेल्नु भन्दा पनि उनि प्राबिधिक हुन थाले।

मिडिया एंड ईन्टरटेनमेन्ट प्रा.ली. बाट छायांकन र सम्पादन सिकेर सोहि अनुरुप काम गर्दै आयका उनि नेपाल हुने राष्ट्रिय तथा अन्र्तरास्ट्रिय मेला महोत्सव, अवार्ड तथा विभिन्न कार्यक्रमको प्राविधिक संयोजक समेत रहेका छन् । तेसैगरि केहि चलचित्र, म्युजिक भिडियो, सर्ट मुभी, डकुमेन्ट्री लगायतमा छायांकन तथा सम्पादन समेत गरेका छन्, उनले गरेका काम मध्ये केहि उत्कृष्ट काम मार्फत अवार्ड तथा सम्मान पनि प्राप्त गरिसकेका छन् । पछिल्लो समय मिडिया ब्यावसायी तथा कलाकर्मी राजन खरेलले संसारको अग्लो स्थानमा म्युजिक भिडियो निर्माण गरी “गिनिज बुक अफ वल्र्ड रेकर्ड” मा आफ्नो नाम राखी विश्वमा नेपालको तर्फबाट आफ्नो पहिचान स्थापित गरिसक्नुभयको छ ।

कोरोना कहरको बीच पनि नेपाल सरकारको स्वास्थ्य मापदण्ड बमोजिम हिमाल एफ.एम.को आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा काठमाण्डौँमा आयोजित एक कार्यक्रममा सम्पन्न भएको उक्त्त कार्यक्रममा कार्यक्रममा रेकर्ड होल्डरलाई गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, वरिष्ठ पत्रकार तथा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र हिमाल एफ.एम.का अध्यक्ष निमा शेर्पाले संयुक्त रुपमा सम्मान गरेका हुन् । कार्यक्रममा मिडिया ब्यावसायी तथा कलाकर्मी राजन खरेल लगाएत चार पटक सम्म गिनिज बुकमा नाम लेखाइसकेका पुस्कर नेपाल, बहुप्रतिष्ठीत टेलीभिजन कार्यक्रमका इन्द्रेनीका बासुरी बादक पावल राई, पर्यटन ब्यावसायी संच बहादुर राई र पर्यटन ब्यावसायी तथा समाजसेवी लक्ष्मन कार्कीले लाई गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डरको सर्टिफिकेट प्रदान गरिएको थियो ।

तेसैगरि चर्चित गायिका बबिना किराँती, बहुप्रतिभाशाली गायक तथा संगितकार बिक्रम राई, रचनाकार मिलन किराँतीे, संगीत संयोजक फनिन्द्र राई, वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटे निर्देशक दुर्लभ जन्तरे (बुद्धि राज राई), मोडेले बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार रायल राई, छायाँकार तथा सम्पादक ईसाक जबेगु क्यामेरा सहयोगि दुर्गा प्रसाद राई, गिटारिस्ट राजिब बैजु, मादल वादक बिक्रम राई, तथा अक्टाप्याड वादक बिक्रम गुरुङ लाई गिनिज बुक अफ वल्र्ड रेकर्ड को पार्टीसिपेसन सर्टिफिकेट प्रदान गरिएको गरियो।

कार्यक्रममा गणतन्त्र नेपालका प्रथम पुर्व उपराष्ट्रपति परमानन्द झा ज्यू को प्रमुख उपस्थिति रहेको थियो तेसै गरि विशेष अतिथिमा वरिष्ठ पत्रकार तथा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, हिमाल एफ.एम.का सल्लाहकार तथा राजनितिज्ञ आङगेलु शेर्पा, हिमाल एफ.एम.का सचिव कर्मा शेर्पा लगाएतको उपस्थिती रहेको थियो भने नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अद्धितिय काम गरि रेकर्ड होल्ड गरेकोमा नेपाली टिमलाई बधाई दिए । तसैगरी कला तथा संस्कृतिकै कारण अन्र्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाएको दावी गर्दै उनले गौरबपुर्ण का मगर्ने व्यक्तिलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *