समाज Archives - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

समाज

फोटोपत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन
समाचार, समाज

फोटोपत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

काठमाडौं । गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुको सस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् । यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिनुभयो । नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरु रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाइ पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै आजको बैठक...
विश्वशान्तिका लागि पत्रकारकाे भूमिका रचनात्मक हुनुपर्छ : अध्यक्ष लामा
समाचार, समाज

विश्वशान्तिका लागि पत्रकारकाे भूमिका रचनात्मक हुनुपर्छ : अध्यक्ष लामा

भारत- सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले शान्तिको स्थापना र मानवअधिकारकाे प्रत्याभूतिदिन भगवान गाैतम बुद्ध र गुरु महावीरको मार्गमा हिँड्नु वर्तमान विश्वको आवश्यकता रहेको बताएका छन्। भारतको विहार राज्यमा पर्ने वैशाली जिल्लाको स्वर्णजयन्ती समापन समारोहका अवसरमा वाेल्दै अध्यक्ष लामाले सार्क पत्रकार मञ्चले विश्वमा शान्ति स्थापना र मानवअधिकारको प्रत्याभूतिका लागि दक्षिण एसियाली मुलुकका पत्रकारले रचनात्मक भूमिका खेल्ने बताए। उनले भने,’ भगवान् बुद्ध र महावीरको मार्गमा हिँड्नु अहिलेको आवश्यकता हाे।’ कार्यक्रममा बाेल्दै अन्तर्राष्ट्रिय लोकसंस्कृतिका संवाहक मरिससकी डा सरिता बुढुले भयावहता मानवताको ठूलो शत्रु भएकाले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने बताइन्। मञ्चका महासचिव मोहम्मद अब्दुर रहमानले वैशालीले विश्वलाई प्रजातन्त्रको सन्देश दिएको र लोकतान्त्रिक विच...
अग्रहरी नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा निर्वाचित
समाचार, समाज

अग्रहरी नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा निर्वाचित

काठमाडौं । युवा उद्यमी युवाहरुको राष्ट्रिय संगठन नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा विजय हुनु भएको छ । रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं युवा उद्यमी सन्दीप अग्रहरी नेपाल जेसीजको बर्ष २०२४ कालागि कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट अग्रहरी निर्वाचित हुनु भएको रामग्राम जेसीजका पूर्व अध्यक्ष चन्द्रमणी चौधरीले जानकारी दिनु भयो । बुटवलमा सम्पन्न महाधिवेशनबाट बर्ष २०२४ कालागि नुवाकोट जेसीजका रविन पोख्रेलले ५१० मत सहित नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत प्राप्त गर्नु भएको हो । नेपाल जेसीजको विधान अनुसार एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष, १२ जना उपाध्यक्षको निर्वाचन गर्ने व्यवस्था रहेकोछ । महाधिवेशनले कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार...
मेघ सुवेदीले गरे भुकम्प पिडितलाई आर्थिक सहयोग
समाचार, समाज

मेघ सुवेदीले गरे भुकम्प पिडितलाई आर्थिक सहयोग

जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिदै आएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गरेका थिए ।त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिदै आएर विनाशकारी भुकम्पस्थल पुगी नगद...
मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान
समाचार, समाज

मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान

मिलापको आयोजनामा बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो । नेपालीहरूको महान् पर्व बडादशैँको पूर्वसन्ध्यामा भएको समारोह प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसंगीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले ...
फुटुङमा समुदाय -प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि प्रशिक्षण
समाचार, समाज

फुटुङमा समुदाय -प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि प्रशिक्षण

काठमाडौं । संभव नेपालको आयोजनामा काठमाडौ तारर्केश्वर फुटुङमा समुदाय -प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि कपिल देवकोटाको अध्यक्षयतामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरीका निरिक्षक रामजी देवकोटाले महिला,बालबालिका र किसोरीहरु माथी हुने हिंसा कसरी रोक्न र कम गर्न सकिन्छ भन्ने बारेमा सहभागी महिलाहरुलाई सचेतना गाराउने हिसाबले उपस्ति महिला हरुलाई आफु कसरी बच्ने र कानुनी साहेता कसरी लिने र सम्भावित दुर्घटनालाई कासरि न्युनिकरण गर्न सकिन्छ भन्ने कुरा उपस्थित महिलाहरुलाई प्रष्ट पार्नु भायो । उत्त कार्यक्रम लाई नेपाल प्रहरीका असई बिनोद तामाङले सहजिकरण गरेका थिए । कार्यक्रमका अतिथी, सामाजिक अभियान्ता विष्णु सापकोटाले अशिक्षित, विपन्न वर्गलगायत महिला तथा बालबालिका कसरी बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका हुन्छन भ...
‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी
समाचार, समाज

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

जिन्दगी यस्तै त हो कान्छा       जिन्दगी यस्तै त हो कान्छाउमेर चढ्दै गएपछि सन्तान परदेशिएपछिरुखोसुखो घर कटेरामै बाँधिएपछिबिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छउठ्यो–लड्खडाएर फेरि हिँड्योयस्तै त छ हो कान्छायो जिन्दगी बाउबाजेको बिँडो थामी खाकोकहिलेकाहीँ त लाग्छपुरानो बिग्रेको मोटरजस्तोएउटा चक्का पञ्चर हुन्छटाल्यो काम चलायोघरिघरि हावा खुस्किन्छबनायो फेरि स्लिप खान्छस्टेरिङ नै बटारिने गरीठोकठाक गरेर दगुर्यायोफेरि कहिले तअँध्यारोमा हेड लाइट नै बल्दैनगुलुब जलेछ भन्योमधुरो साइड लाइटलेजेनतेन बाटो धान्योलोडसेडिङ हो क्यारेझ्याप्प–झ्याप्प बत्ति जानेटुकी बालेर अलि–अलि फुटेकोनिक्कै पहिला नेपाल शहर जाँदाछोराले हाल्देकोपावरको चश्माले काम चलाएजस्तैअलिक अप्ठेरो बाटोमा तजिउ पनि हल्लिन्छएक नम्बर गियरमा हिँड्दा पनि,पुरानो मोटरकोहर्न बाहेक सबै बजेजस्तोशायद–उमेरले थिचेपछिव्यवहार...
फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
समाचार, समाज

फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवको अवसरम आयोजित फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम  बृहत रुपमा सम्पन्न भएको छ। त्रि-पद्म रोभर/रेन्जर क्र्युको सहकार्यमा पुल्चोक स्थित त्रि- पद्म बिद्याश्रम मा.बि.को प्राङ्गणमा संचालित रक्तदान कार्यक्रम १०९ जना रक्तदाताले रक्तदान गरेका थिए  ।निकै नै भब्य सब्य रुपमा कार्यक्रम सम्पन्न भएको कुरा मा.बि.का प्रधानाध्यापक हरि प्रसाद खनाल बताउनुहुन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित उक्त कार्यक्रममा फाउन्डेसनका पदाधिकारी,ग्रेस इभेन्ट्सका पदाधिकारी ,त्रि-पद्म मा.बि. का शिक्षक तथा कर्मचारी ,नेपाल स्काउट्स का सदस्यहरु,रोभर/रेन्जर तथा स्थानीय युवाहरुको बिशेश उपस्तिथि साथै सहभागीता रहेको थियो। रक्तदान गर्नुहुने सम्पुर्ण दयालु एवं मनकारी रक्तदाताहरुलाइ हृदय देखि बिशेष धन्यवाद दिदै उक्त कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी हातहर...
आफ्नो कर्तव्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप
समाचार, समाज

आफ्नो कर्तव्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप

चारित्रिक चेतना हुनका लागि चरित्रशिल हुनुपर्दछ । एउटा कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुनआउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि मजबुत जग हुन अनिवार्य हुन्छ तयसरी नै आफ्नो क्षेत्रमा कुशल नेतृत्व र कार्यका लागि चरित्रनिर्माण मुख्य कुरा हो । यस्तै नेपाल प्रहरीमा एक चरित्रवान, सक्षम तथा कार्यकौशलमा निपुण नाम रहेको छ सन्दीप भण्डारी । संगठनले लामो समयसम्म भावी नेतृत्वको प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै उनलाई लगेको थियो । प्रहरी निरीक्षेकदेखि वरिष्ठ प्रहरी उपरिक्षेक हुँदासम्म उनी कामकै बलमा आफ्नो समूहमा अग्रपंक्तिमा (अक्सर एक नम्बर) मै रहँदै आए । तर, नायव महानिरीक्षेक हुने बेलामा भने राजनीतिक प्रशासनिक शक्ति केन्द्रको रोजाइमा पर्न नसकेर अकल्पनीय ढंगले पछाडि पारिए । योग्यता, क्षमता लगनशीलतामा अब्बल सन्दीप भण्डारीमाथि भएको त्यो अन्यायले सिंगो संगठन नै दुःखी भयो । त...
रञ्जिता फाउण्डेशनको अभियानमा समाजसेवी विष्णु तिवारीको साथ
समाचार, समाज

रञ्जिता फाउण्डेशनको अभियानमा समाजसेवी विष्णु तिवारीको साथ

काठमाडौं । रोजगारीका लागि होस वा व्यापार व्यबसायका लागि विदेशमा रहेका नेपालीहरुलाई सधैं देशको मायाले सताउने गर्छ । त्यसै कारण पनि आफुले परिश्रम र पसिना बगाएर आर्जन गरेका केही रकम नेपालमा विभिन्न सामाजिक कार्यहरुमा खर्च गर्दै आईरहेका हुन्छन । प्रवासमा रहेका नेपालीहरुमा भातृत्व अझै जीवितै छ देशको माया प्रति सदा ऊर्जावान रहेका हुन्छन । नेपालमा वेला वेलामा आईपर्ने दैवी विपत्तीहरुमा जस्तो सुकै कठिन समयका बावजुद परदेशमा रहेर पनि आफनो माटो प्रति को स्नेह , मुलुक प्रतिको गहिरो माया र अट्टु सम्बन्ध राख्दै आउने नेपालीहरुमा पर्छ विष्णु तिवारी । आफ्नो समाजिक यात्रालाई थप टेवा पुग्ने मनसायले आफ्नो अभियान मार्फत आर्थिक , भौतिक , समाजिक रूपमा सहयोग गर्ने उद्देश्यका लागि रन्जिता फाउण्डेशनलाई दुई लाख चार हजार चार सय चौबीस रुपैया नगद प्रदान गर्नु भएको छ । चौतारी समूहका पदाधिकारी तथा अन्य समाजसेवी सदस...