समाजसेवी डिल्ली अधिकारीको जन्मदिनमा सयौंलाई भोजन तथा राहत वितरण
‘ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिका’ले नेपालका विभिन्न स्थानमा देशमा जारी निषेधाज्ञाका कारण खानाबाट बंचित,असाहय र श्रमिकहरुका लागि दैनिक रुपमा खाना वितरण गर्दै आईरहेको छ । काठमाडौंको परोपकार स्कूल क्षेत्र, बालाजु, ठमेलमा दैनिक सयौंको संख्यामा रहेका भोकाएका पेटहरुलाई भोजन वितरण गर्दै आईरहेको संस्थाको तेश्रो बार्षिकोत्सव तथा फाउण्डेसनका अध्यक्ष एवं बरिष्ठ समाजसेवी डिल्ली अधिकारीको जन्मदिनको अवसरमा किर्तिपुर स्थित एचआईभी संक्रमित भएकाहरुका लागि खोलिएको विश्वकै पहिलो स्कूलमा एक समारोहका बीच कार्यक्रम समेत गरिएको थियो ।
उक्त विशेष कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले नेपालमा गरेका सामाजिक सेवा र उनले नेपालमा मात्र नभएर अमेरिकामा समेत नेपालीहरुलाई गरेका समाज सेवाको बारेमा चर्चा गरिएको थियो । स्कूलका बिद्यार्थीहरुले केक काटेका थिए भने अध्यक्ष अधिकारीको तर्फबाट नेपालका...










