नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण


नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा नेपाल जेसीज अन्तर्गत SDG Committee ले एक सुन्दर वातावरण र राम्रो स्वास्थ्यका लागि आयुर्वेदिक बिरुवाहरु वितरण को एक राष्ट्रव्यापी परियोजना शुरू गरेको छ । आयुर्वेदिक बिरुवा वितरण कार्यक्रम १७ सेप्टेम्बर, २०२० मा नेपाल जेसीजका पूर्व अध्यक्ष, जेसीआई सेन राजेश मोहन प्रधान को मुख्य अतिथिमा आयोजना भएको थियो। यो पहल SDG Committee को लक्ष्य अनुसार नेपालमा जलवायु परिवर्तन मा परेको असर र नेपाली जनताको स्वास्थ्यमा परेको नकरात्मक असरमा केन्द्रित थियो । ठुलो बर्षाका बाबजुट पनि सो कार्यक्रम ललितपुरको भीमसेन मन्दिर नजिकै मंगलबजारमा नेपाल जेसीज अन्तर्गतका विभिन्न शाखाहरुका प्रतिनिधिहरु, स्थानीय समुदायका सदस्यहरु, प्रहरी प्रशासन र अन्य व्यक्तिहरुको बाक्लो उपस्थित भएको थियो । कार्यक्रमका अतिथि वक्ता श्री कमल बहादुर राजलावतबाट आयुर्वेदिक बिरुवाहरुले स्वास्थ्यमा पार्ने लाभ को बारेमा धेरै जानकारी गराएका थिए । सो कार्यक्रममा लगभग ५०० आयुर्वेदिक बिरुवाहरु जस्तै ‘गुर्जू’, ‘पत्थरचाटा’, ‘करी पत्ती’, ‘लेमन ग्रास’, ‘जापानी कद्दू’, ‘गुसबेरी’ संगै ‘आयुर्वेदिक पाउडर’, र ‘गुर्जू पाउडर’ वितरण गरिएको थियो । कार्यक्रमका अतिथि वक्ता कमल बहादुर राजलावतले सबैलाई ‘आयुर्वेदिक पाउडर’ र ‘गुर्जु’ पाउडर को उपयोग को बारे मा शिक्षित गरेका थिए । उनले कसरी पुरानो रोगहरु र COVID संग बिरामीहरु हर्बल पाउडर को उपयोग गर्नु पर्छ मा प्रकाश पारेका थिए । एसडीजीकी अध्यक्ष २०२१ जेसी सुष्मा श्रेष्ठले भनिन्, “यो कार्यक्रमको सुरुवातले वातावरण र जनताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ ।” साथै नेपाल जेसीज अन्तगर्तका शाखाहरुलाई आफ्नो स्थानीय स्तर मा यस्तो कार्यक्रम जारी राख्न को लागी प्रोत्साहित पनि गरेकी थिईन । कार्यक्रममा नेपाल जेसीज अन्तर्गतका आठ शाखाहरु जेसीआई बालकोट, जेसीआई चम्पापुर, जेसीआई गोदावरी, जेसीआई इमाडोल, जेसीआई पाटन लेडी, जेसीआई पाटन, जेसीआई लुभु र जेसीआई कीर्तिपुरको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published.