नेपालमा राष्ट्रीय जनगणणा २०७८ शुरु गर्ने तयारी नेपाल सरकारले गरिरहेको छ । त्यस्का लागी आवश्यक जनशक्ती र प्रावधिक तयारी सकेर तथ्यांक सन्कलनका लागी नियुक्त गणकहाँरु आ–आफ्नो कार्यक्षेत्रमा परिचालन भईसकेको अवस्था रहेको छ ।
नेपालमा हरेक १० बर्षमा जनगणना हुनेगरेकोछ । पछिल्लो गणना पछी हालसम्म आउँदा धेरै राष्ट्रीय योजनाका कार्यहाँरुमा धेरै नयाँ निती नियम र कानुन लागु अनि कार्यान्वयन भईसकेका छन । यसरि नै राष्ट्रीय जनगणना २०७८ लागी पनि आफ्नो हक र पहिचानका लागी नयाँ कानुनको ब्यवस्था भई कार्यान्वय भएको छ । जस अन्तर्गत यस पालिको जनगणनामा महिला पुरुष बाहेक आफुले अन्य लिंगिको रुपमा पहिचान बनाउन चाहनेको लागी पनि छुट्टै कोलमको ब्यबस्था २०७८ को जनगणनामा गरिएको छ । पछिल्लो जनगणनामा लिंग पहिचानको लागी महिला, पुरुष र अन्य भनिएर उल्लेख हुने र महिला पुरुष बाहेक अरु कुनै पहिचान खुलाउन चाहेमा अन्य लेखिएको बिकल्प रोज्नु पर्ने बाध्यता थियो । २०७८ को राष्टृय जनगणनामा भने आफुले खुलाउन चाहेको पहिचान उल्लेख गर्न पाउने ब्यबस्था र अधिकार, यस समबन्धी लागु गरिएको नयाँ कानुनले सुनिश्चित गर्ने भएको छ ।
राष्ट्रीय जनगणना २०७८को लागी बिभिन्न प्रदेश स्तरमा सुपरिबेक्षेकहरुका लागी पुनरताजकी तालिम भईरहेकोछ । सोही सिलसिलामा झापा जिल्लाको लैङ्गिक तथा अल्पसंख्यकहाँरुको हक हितका लागी लिड नेपाल झापाले काम गर्दै आईरहेको छ ।
राष्ट्रीय जनगणना २०७८ को लागि विभिन्न प्रदेश स्तरमा जनगणनाको तयारी शुरु भएको छ ।सोही अन्तर्गत झापा जिल्लामा सुपरिबेक्षहरुको पुर्णताजकी तालिम भैरहेको छ ।उक्त तालीम मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा जानकारी दिदै सहि तथ्यांक सन्कलन गर्ने विषयमा छलफल गर्दै झापाको दमक बहुमुखी क्याम्पस र भद्रपुरको मेची क्याम्पसमा झापाको क, ख भनी छुट्टै तथ्याङ्क बिभाग खडा गरिएकोमा हिजो र आज महिला ,पुरुष तथा अन्य लिङी महल मा सूचना सङ्कल गर्नुको लागी पुर्णताजकी कार्यक्रम गरयो । नुमा लिम्बू चन्चला (लिड नेपाल झापा), निल हिरा समाज (काठमाडौं) ले भदौं ३० गतेबाट घरदैलो कार्यक्रम अन्तर्गत तथ्यांक संकलना शुरु गर्ने भएको छ ।
मेरो गणना ,मेरो सहभागिता मुल नाराका साथ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका कोही नछुटोस्, कोही नदोहरियोस भन्ने उद्देश्य लिएर लिड नेपाल्,झापाका अध्यक्ष नुमा लिम्बु चन्चला सक्रीय रुपमा सहभागिता जनाईरहेकी छिन । आफुले हकहित र पहिचानका लागी काम गरिरहेको समुदायको सबैले सही पहिचान सुनिश्चित हुन पाउन पर्छ भन्ने आफ्नो धारणा रहेको पनि चन्चलाले बताउनु भयो ।