समाचार

मतदाताहरु गम्भिर बनौं
राजनीति, समाचार

मतदाताहरु गम्भिर बनौं

डा.डिआर उपाध्याय, काठमाडौं- जति स्थानीय तहको चुनाव नजिकिँदै छ त्यति चहलपहल पनि बढदै गएको छ । शहर बजारको चोक चोकमा र गाउँघरको टोल टोलमा चुनावकै कुरा चलिरहेको छ । बिभिन्न राजनीतिक दल र तिनका नेताहरु घोषणापत्र मार्फत जनताको मन जित्ने कोशिस गरिरहेका छन । तर जनता घोषणापत्रको मात्र बिश्वास गरिरहेका छैनन् । बिगतका चुनावमा पनि घोषणापत्र मार्फत जनता संग भोट मागिएको थियो । अब जनताले परिणाम खोजिरहेका छन । झुठा आश्वासन र गुलिया सपनाले जनता वाक्क दिक्क बन्दै आएका छन । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि जनता बिश्वस्त हुन सकेका छैनन् । कारण के हो भने घोषणापत्रमा उल्लेख भए बमोजिमका कुरा कार्यान्वयनमा आउन सकेनन् । स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकास होस् भन्ने चाहान्छन् । जनताले खोज्ने भनेको स्थानीय तहमा देखिएका समस्याको समाधान हो । जनताले कागजमा लेखिएको घोषणापत्रलाई मात्रै ...
निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा
अर्थ/व्यापार, समाचार

निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन्। ...
नगद राशी सहितको ‘साधना म्यूजिक रिवार्ड’हुदै
मनोरन्जन, समाचार

नगद राशी सहितको ‘साधना म्यूजिक रिवार्ड’हुदै

नेपाली गीत संगीतको विभिन्न विधामा हुने गरेको म्यूजिक अवार्ड अव परिमार्जीत सहित म्यूजिक रिवार्ड हुने भएको छ । लामो समयदेखि गी संगीत क्षेत्रमा सक्रिय संस्था सामना म्यूजिक क्रियशनले यस कार्यको शुरुवात गर्न लागेको हो ।अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोश्रो साधना म्यूजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्यूजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिएकी छन ।नेपाली गीत संगीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरुलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।केहि दिनमानै ईच्छुक सर्जकहरुका लागि आवेदनका लागि फाराम वितरण गरि उत्कृष्ट पांचबाट विजेतालाई नगद राशी सहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्य...
वैशाख ९ देखि एसईई, ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुँदै
शिक्षा, समाचार

वैशाख ९ देखि एसईई, ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुँदै

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको एसईई यस वर्ष पहिलेझैं सामान्य अवस्थामा सञ्चालन हुन लागेको हो । बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन्। प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए। ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन्। शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा...
सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’
मनोरन्जन, समाचार

सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’ सम्मान प्रदान गरेको छ । नयाँ वर्ष २०७९ साल प्रवेशको पावन अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महरालाई उक्त सम्मान प्रदान गरिएको हो । सेवामुलक व्यावसायिक क्षेत्रबाट महरालाई सम्मान गरिएको चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए । फेसियल हाउस नेपालको नम्बर एक ब्युटी शैलुन भएको दाबी गरिएको छ । सामाजिक सेवामा क्रियाशील रहेर लगनशील, कर्तव्यनिष्ठ, विभिन्न क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरूको सहभागितामा स्थापना भएको मुनाफारहित सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको उक्त राष्ट्रियस्तरको कार्यक्रममा उच्च सरकारी अधिकारीहर...
धुलिखेलमा जेसिजको क्षेत्र ‘ग’ सम्मलेन
समाचार, समाज

धुलिखेलमा जेसिजको क्षेत्र ‘ग’ सम्मलेन

काभ्रेको धुलिखेलमा नेपाल जेसीजको क्षेत्र ‘ग’ का अध्यक्षहरुको सम्मेलन धुलिखेलमा काभ्रे लेडिज जेसीजको आयोजना गरिएको छ । सम्मेलनमा ३७ वटा शाखाका अध्यक्षहरुको सहभागिता रहेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्मेलनको उद्घाटन गर्नु भएको थियो । ‘समुदायमा आधारित सामाजिक अभियानमा मात्रै नभई विपद ब्यवस्थापन, उद्धार तथा राहतमा समेत जेसीजले महत्वपूर्ण भूमिका खेलेको छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘भुकम्प, कोरोना महामारी तथा अन्य विपदमा जेसीजको सक्रिय भूमिकाको प्रशंसा गर्दछु ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले सामाजिक अभियानमा मात्रै नभई जेसीजले नेतृत्व विकासमा पनि अतुलनिय योगदान पु¥याएको बताउनु भयो । ‘समाजमा केहि गरौ भन्ने सोच बोकेका ब्यक्तिहरुलाई समेट्दै क्षमता अभिबृद्धीका साथै नेतृत्व विकासमा अगुवाई गरेको छ’–प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो–‘समाजलाई सकारात्मक ग...
शर्मीला भईन मिसेस नोवेल नेपाल २०२२
मनोरन्जन, समाचार

शर्मीला भईन मिसेस नोवेल नेपाल २०२२

ललितपुर -मिसेस नोवेल नेपालको दोस्रो संस्करण बुधबार राजधानीको म्युजीक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज् द्वारा आयोजित सो कार्यक्रममा बुढानिलकण्ठकी शर्मीला थापा बिजेता भईन् भने सम्झना खड्का फस्ट रनरअप र निरु भट्टराई सेकेन्ड रनरअप घोषित भएका छन् ।त्यसैगरी सव टाईटल अवार्ड तर्फ बिजेता शर्मीला थापाले मोस्ट कन्फिडेन्ट र मोस्ट पपुलर भिडियो अवार्ड, सम्झना खड्का मोस्ट एक्टिभ, निरु भट्टराई बेस्ट फोटो जेनिक र बेस्ट ड्रेस, सबिना मगर मोस्ट चार्मिङ, रिमा गुरुङ मोस्ट स्मार्ट, सपना तामाङ बेस्ट स्माईल, लक्ष्मी सिंगार बेस्ट डिसिप्लिन, सर्मिला श्रेष्ठ बेस्ट पर्सोनालिटी, बबी मिश्रा बेस्ट कम्प्लेक्सन,र माया सेन्चुरी मोस्ट डिलिजेन्ट का साथै मोस्ट पपुलर को उपाधी पाप्त गर्न सफल भएका छन् । बेस्ट फेसन कोरियोग्राफर विजेता चर्चित कोरियोग्राफर हिमानी सुब्बाको आकर्षक कोरियोग्राफी रहेको कार्यक्रममा प्रति...
‘जे देख्छु त्यो म होइन’ भन्दै आए दिपेश किशोर भट्टराई(भिडियो)
मनोरन्जन, समाचार

‘जे देख्छु त्यो म होइन’ भन्दै आए दिपेश किशोर भट्टराई(भिडियो)

गायक दिपेश किशोर भट्टराईको स्वर तथा संगीतमा ‘जे देख्छु त्यो म होइन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया ईभेन्ट्स युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई प्रविन घिमिरे ‘युनीटी’ले रचना गरेका हुन भने जेम्स प्रधानले एरेन्ज गरेका हुन । जीवन भट्टराई, अश्र्या दाहाल तथा आश्विनी बर्देवा फिचर्ड उक्त भिडियोलाई एमबिए फिल्मस्का बुद्ध थापाले खिचेका हुन । https://www.youtube.com/watch?v=EfkwCN1pMPM विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई सागर दाहालले सहायक निर्देशन र लक्ष्मी बर्देवाको कन्सेप्ट एवं निर्देशन रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र बिक्रम श्रेष्ठले निर्माण गरेका हुन । कुनै वेला युवामाझ लोकप्रिय रहेका गायक दिपेश किशोर थुप्र गीतहरु चर्चित छन ।...
सबैमा सुख,शान्ति छाओस् ,नयाँ बर्षको सबैमा मेरो शुभकामना
समाचार, समाज

सबैमा सुख,शान्ति छाओस् ,नयाँ बर्षको सबैमा मेरो शुभकामना

-डा.डिआर उपाध्याय, नयाँ बर्षको शुभकामना आज नयाँ बर्ष हो । नयाँ बर्षको उपलक्ष्यमा मेरो तर्फवाट सबैलाई शुभकामना दिन चाहन्छु । नयाँ बर्ष प्रबेश संगै हामी सबैमा खुशि र उमंग छाओस् । नयाँ बर्षमा केही नयाँ काम गरेर देखाउने बर्ष पनि हो । यो नयाँ बर्ष प्रबेश गर्दा देशको उन्नति, प्रगति र बिकासको मार्ग चित्र कोरियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । देशमा अघिल्लो बर्ष राजनीतिक उतार चढाव आए । पार्टीहरु बिभाजन भए । केपी ओलीको नेतृत्वमा गठन भएको बहुमतको सरकार ढलेर शेर वहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो । यहि गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । राजनीतिक दलहरु चुनावी तयारीमा छन । सबै दलहरु यति बेला चुनावी मैदानमा खडा छन । दलहरु मिलेर देशमा बिकास र समृद्धि दिन सकुन् । नयाँ बर्ष संगै हुन थालेको स्थानीय तहको निर्वाचनले हाम्रा मान्छे होइन, राम्रा मान्छे चुन्न...
आस्था गिल वैशाख २४ गते नेपाल आउने
मनोरन्जन, समाचार

आस्था गिल वैशाख २४ गते नेपाल आउने

काठमाडौँ — चैत्र २८, २०७८। आगामी बैशाख २४ गते बलिउडकी चर्चित गायिका आस्था गिल नेपाल आउँदै छिन। युहान इन्टरनेशनल, फेलिज इन्टरनेशनल, एमी इन्टरटेन्मेन्ट र क्लब प्लाटिनम को संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित क्लव प्लाटिनममा उनले आफ्नो लाईभ प्रस्तुति दिने भएकी छिन। कार्यक्रमका लागि ग्लोबल अनलाईन पे मार्फत खोलिएको अनलाईन टिकेट प्री बुकिङ गर्नेलाई १००० र २००० दरको टिकेट शुल्क तोकिएको छ साथै पछि २५०० र ३५०० दरको टिकेट शुल्क तोकिने आयोजक सानु खानले जनाएका छन । पानी पानी हो गई, तेरा बज, डिजे वाले बाबु, अभी तो पार्टी शुरू हुई है, नागिन दिन गिन गिन् जस्ता बहुचर्चित गीतहरूमा स्वर भरेकी आस्था पछिल्लो समय वलिवूडकी चर्चित पार्श्वगायिका हुन। अनलाईन टिकेट लिंक — Get your tickets through the following link Global Online Pay...