आस्था गिल वैशाख २४ गते नेपाल आउने - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

आस्था गिल वैशाख २४ गते नेपाल आउने


काठमाडौँ — चैत्र २८, २०७८। आगामी बैशाख २४ गते बलिउडकी चर्चित गायिका आस्था गिल नेपाल आउँदै छिन। युहान इन्टरनेशनल, फेलिज इन्टरनेशनल, एमी इन्टरटेन्मेन्ट र क्लब प्लाटिनम को संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित क्लव प्लाटिनममा उनले आफ्नो लाईभ प्रस्तुति दिने भएकी छिन। कार्यक्रमका लागि ग्लोबल अनलाईन पे मार्फत खोलिएको अनलाईन टिकेट प्री बुकिङ गर्नेलाई १००० र २००० दरको टिकेट शुल्क तोकिएको छ साथै पछि २५०० र ३५०० दरको टिकेट शुल्क तोकिने आयोजक सानु खानले जनाएका छन । पानी पानी हो गई, तेरा बज, डिजे वाले बाबु, अभी तो पार्टी शुरू हुई है, नागिन दिन गिन गिन् जस्ता बहुचर्चित गीतहरूमा स्वर भरेकी आस्था पछिल्लो समय वलिवूडकी चर्चित पार्श्वगायिका हुन। अनलाईन टिकेट लिंक — Get your tickets through the following link https://bit.ly/GlobalOnlinePayTicket-AASTHAGILLLIVEGlobal Online Pay

Leave a Reply

Your email address will not be published.