नगद राशी सहितको ‘साधना म्यूजिक रिवार्ड’हुदै - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

नगद राशी सहितको ‘साधना म्यूजिक रिवार्ड’हुदै


नेपाली गीत संगीतको विभिन्न विधामा हुने गरेको म्यूजिक अवार्ड अव परिमार्जीत सहित म्यूजिक रिवार्ड हुने भएको छ । लामो समयदेखि गी संगीत क्षेत्रमा सक्रिय संस्था सामना म्यूजिक क्रियशनले यस कार्यको शुरुवात गर्न लागेको हो ।
अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोश्रो साधना म्यूजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्यूजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिएकी छन ।
नेपाली गीत संगीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरुलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।
केहि दिनमानै ईच्छुक सर्जकहरुका लागि आवेदनका लागि फाराम वितरण गरि उत्कृष्ट पांचबाट विजेतालाई नगद राशी सहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्य सचिव गोकर्ण प्रसाद लामीछानेले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *