निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन्। 

Leave a Reply

Your email address will not be published.