गायक दिपेश किशोर भट्टराईको स्वर तथा संगीतमा ‘जे देख्छु त्यो म होइन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया ईभेन्ट्स युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई प्रविन घिमिरे ‘युनीटी’ले रचना गरेका हुन भने जेम्स प्रधानले एरेन्ज गरेका हुन । जीवन भट्टराई, अश्र्या दाहाल तथा आश्विनी बर्देवा फिचर्ड उक्त भिडियोलाई एमबिए फिल्मस्का बुद्ध थापाले खिचेका हुन ।
विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई सागर दाहालले सहायक निर्देशन र लक्ष्मी बर्देवाको कन्सेप्ट एवं निर्देशन रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र बिक्रम श्रेष्ठले निर्माण गरेका हुन । कुनै वेला युवामाझ लोकप्रिय रहेका गायक दिपेश किशोर थुप्र गीतहरु चर्चित छन ।