समाचार

प्रविशाको स्वरमा ‘माया छरेर’ मा संजित भण्डारी(भिडियो)
मनोरन्जन, समाचार

प्रविशाको स्वरमा ‘माया छरेर’ मा संजित भण्डारी(भिडियो)

काठमाडौं । चकलेटी नायक तथा मोडल संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार रामचन्द्र ढकालको शव्दमा तयार गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीतको भिडियो सामना म्यूजिक क्रियशन को यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो । https://www.youtube.com/watch?v=pgD8zwPv3mA गायिका प्रविशाको कर्णप्रिय स्वर रहेको गीतको भिडियोमा मोडल भण्डारीलाई निरुता शाही र अन्जली श्रेष्ठले अभिनयमा साथ दिएका छन । गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ । हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् भने सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सामना म्युजिक क्रियसनले बजारमा ल्या...
‘लिटिल स्टार नेपाल’ को दोश्रो संस्करण सम्पन्न
मनोरन्जन, समाचार

‘लिटिल स्टार नेपाल’ को दोश्रो संस्करण सम्पन्न

काठमाडौँ — चैत्र २८, २०७८। एएनपी मिडियाको आयोजनामा बालबालिका केन्द्रित प्रतियोगिता ‘लिटिल स्टार नेपाल’ को दोश्रो संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगिता ‘लिटिल स्टार नेपाल’ को सिनियर नृत्य ग्रुपतर्फ गृष्मा राना मगर, जुनियर नृत्य ग्रुपतर्फ मारिया श्रेष्ठ, गायनतर्फ अधिश खतिवडा र अभिनयतर्फ अर्पनराज गजुरेलले शिर्ष उपाधी हात पारे। सिनियर नृत्यतर्फ प्रिश्मा ज्ञवाली फर्स्ट रनर अप, मानुश्री खनाल सेकेन्ड रनरअप, कारोल खड्का थर्ड रनर अप र स्वारिमा पराजुली मस्ट पपुलर घोषित भए। जुनियर नृत्यतर्फ आयुषा बिस्ट फर्स्ट रनर अप, आधिरा अचार्य सेकेन्ड रनर अप र मस्ट एक्टिभ, सायाङ लामा थर्ड रनर अप, कोशिष शर्मा फोर्थ रनर अप, पब्लिक चोईस युनिशा श्रेष्ठ र मस्ट पपुलर मारिया श्रेष्ठ घोषित भए। गायनतर्फ प्रान्जल पाण्डे फर्स्ट रनर अप, उपमा पाठक सेकेन्ड रनर अप र पब्लिक चोईस, तनिशा भट्टराई म...
मिस नेवा: नेपालका प्रशिक्षार्थीहरुलाई आत्मविश्वास अभिवृद्धि तथा संस्कृति संरक्षण प्रशिक्षण प्रदान गरिँदै
मनोरन्जन, समाचार

मिस नेवा: नेपालका प्रशिक्षार्थीहरुलाई आत्मविश्वास अभिवृद्धि तथा संस्कृति संरक्षण प्रशिक्षण प्रदान गरिँदै

काठमाडौ – चैत २०७८ । नेप्लिज फेसन हाेमकाे आयाेजनामा संचालन भईरहेकाे मिस नेवाः नेपालकाे १६ औं संस्करण अन्तर्गत नेवार कला संस्कृति अनुसार कसरी पुजा गर्ने भन्ने तालिम पुर्व मिस नेवा:सुनिता डंगाेलद्वारा सिकाईयाे । त्यसैगरी दाेस्राे चरणमा क्यालिजात्रा संस्थाद्वारा नेपाल भाषाकाे रंजना लिपि सम्बन्धि तालिम दिईयाे भने तेस्रो चरणमा घरेलु हिंसा तथा बलात्कार जस्ताे जघन्य अपराधकाे विरुद्दमा जनचेतना जगाउनका लागि मिस नेवा:नेपाल २०२१ मा सहभागी नेवार सुन्दरीहरुलाई नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ तथा विश्व क्याेकुशिन काई कराँते महासंघका उपाध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठद्वारा आत्मरक्षाका कला सिकाउनु भएकाे आयोजक हेमा मानन्धरले जनाउनुभयो । नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघकाे सह-आयाेजना तथा नेपाल टेलिकमकाे मुख्य प्रायाेजनमा आयाेजना हुन गईरहेकाे याे १६ औं संस्करण...
नयाँ वर्षमा टुंडिखेलमा ध्यान, नृत्य र उत्सवका साथ ‘सेलेब्रेसन’ विशेष कार्यक्रम हुँदै
मनोरन्जन, समाचार

नयाँ वर्षमा टुंडिखेलमा ध्यान, नृत्य र उत्सवका साथ ‘सेलेब्रेसन’ विशेष कार्यक्रम हुँदै

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकको भनाइ छ । ‘ध्यान र नृत्यको उत्सवमा रमाएर न्यु इअर सेलिब्रेसन गर्नु यहाँले अहिलेसम्म गरेर आउनु भएको सेलिब्रेसन भन्दा भिन्दै हुनेछ,’ स्वामी आनन्द अरुणले भन्नुभएको छ, ‘आउनुहोस् यो नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गरौं । आफ्नो जीवनमा ध्यानको सुरुवात गरौं । आउनुहोस् यो नयाँ वर्ष ध्यानमा रमाउनुहोस् ।’ कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने विश्वप्रसिद्ध निर्गुण कबीरवाणी गायक पद्मश्री विभुषित श्री प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुति रहनेछ । त्यस्तै नेपाली...
‘जीकेसी’ नेपाल च्याप्टर अध्यक्षमा डा. पूनम कर्ण दुवई, च्याप्टरमा ई.मितेश
समाचार, समाज

‘जीकेसी’ नेपाल च्याप्टर अध्यक्षमा डा. पूनम कर्ण दुवई, च्याप्टरमा ई.मितेश

दिल्ली- विश्वका कायस्थहरूलाई भेला गर्न र एकताबद्ध गर्न, ग्लोबल कायस्थ कन्फरेन्सद्वारा राजीव रञ्जन प्रसादको अध्यक्षतामा विश्व कायस्थ महासम्मलेन सफलतापूर्वक सम्पन्न भएको छ । भारतको राजधानी नयाँ दिल्लीको तालकटोरा स्टेडियममा मार्चमा सम्पन्न उक्त विश्व कायस्थ सम्मेलनमा २७ राष्ट्रिय व्यक्तित्वहरूलाई महादेवी वर्मा स्मृति सम्मानबाट सम्मानित समेत गरिएको थियो । राजनीतिक, आर्थिक र सामाजिक सशक्तिकरणको महान लक्ष्य हासिल गर्न यस संस्थाका विदेशी, राष्ट्रिय र प्रादेशिक समितिहरू सहित धेरै उप(समितिहरू गठन भएको छ । ग्लोबल कायस्थ कन्फरेन्सको राष्ट्रिय कार्य समितिको सम्पन्न बैठकमा विभिन्न समितिहरू सहित राष्ट्रिय कार्य समितिका नयाँ पदाधिकारीहरूमा अध्यक्षमा राजीव रञ्जन ग्लोबल अध्यक्ष, रागिनी रञ्जन म्यानेजमेन्ट ट्रस्टीको रूपमा, अखिलेश श्रीवास्तव ग्लोबल वरिष्ठ उपाध्यक्ष, अनुराग सक्सेना ग्लोबल सचिवको रूपमा,...
नायक गजित विष्टलाई बिराटनगर महानगरको सम्मान
मनोरन्जन, समाचार

नायक गजित विष्टलाई बिराटनगर महानगरको सम्मान

नायक गजित विष्ट विराटनगर महानगरपालिकाबाट सम्मानित भएका छन् । विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकारमा रहेर नरक्षेत्रबाट नेपाली चलचित्र, गीत संगीतको श्रीबृद्धिमा खेलको भूमिकाको मूल्याङकन गर्दै उनलाई सम्मान दिइएको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच बिष्टलाई खादा, फूलमाला सहित सम्मान पत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियासिल रहँदै आएका छन् । विष्ट नयाँ फिल्म निर्माणको तयारीमा समेत लागेका छन् । उनी केहि रियालीटी शोहरुमा समेत आवद्ध छन ।...
प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं
राजनीति, समाचार

प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं

-डा.डिआर उपाध्याय, काठमाडौं – बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । बिभिन्न राजनीतिक दलका चुनाव केन्द्रित कार्यक्रमहरु दिनौं जसो भइरहेका छन । चुनावमा कस्ता चुनावी एजेण्डा दिएर जनताको मत तान्न सकिन्छ भनेर सबै राजनीतिक दलहरु लागेकै छन । जनताले चुनावी एजेण्डा होइन, परिणाम खोजिरहेका छन । परिणाम निस्कने गरी जनप्रतिनिधिहरुले काम नगरेको प्रति जनता आर्कोशित छन । अब हामी नागरिक आर्कोशित भएर मात्र हुदैन । अब कस्ता उम्मेदवारलाई भोट दिएर जिताउने भन्ने बिषयमा बिचार पुयाउनु पर्छ । राजनीतिक दलका नेताहरुलाई दोष दिएर मात्र हुदैन, हामी पनि दोषि छौं । हामीले राम्रा मान्छे छान्न नसक्दा अहिले दुख्ख पाइरहेका छौं । अब पनि हामीले बिचार गरिएन भने भोली फेरि पछुताउनु पर्ने अबस्था आउन सक्छ । त्यसैले आउँदो चुनावमा हामी सम्पूर्ण नागरिकहरुले आ आफना प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं । हाम्रा होइन राम्र...
अद्धितिय प्रतिविम्ब शिर्षकमा फेशन शो
मनोरन्जन, समाचार

अद्धितिय प्रतिविम्ब शिर्षकमा फेशन शो

काठमाडौं- गत चैत २३ गते बूधबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्धितिय प्रतिबिम्ब शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै शुभारम्भ भएको उक्त कार्यक्रममा एघारवटा विभिन्न कलेक्सन अन्तर्गत ८२ वटा रेगुलर तथा ११ वटा क्रिएटिभ डिजाइनका पहिरनहरु प्रस्तुत भएका थिए । करिब तीन घण्टासम्मको अद्धितिय प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लु...
वरिष्ठ गायक सीताराम पोखरेल रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा नियुक्त
मनोरन्जन, समाचार

वरिष्ठ गायक सीताराम पोखरेल रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा नियुक्त

वरिष्ठ गायक सीताराम पोखरेल रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा नियुक्त हुनुभएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो । सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रसार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताउनुभएको छ । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट साङ्गीतिक यात्रा शुरु गर्नुभएका पोखरेलका एक दर्जन जति एल्बमका दुई सयभन्दा बढी गीत सार्वजनिक भएका छन् । उहाँ आफ्ना गीत आफैँ मोडलिङमा पनि देखिनुहुन्छ भने ठूला तथा सानापर्दाका चलचित्रमा अभिनयसमेत गर्दै आउनुभएको छ । कार्यक्रम व्यबस्थापन संघका वरिष्ठ सल्लाहकार समेत रहनुभएका पोखरेल विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । देश तथा विदेशका थुप्रै अवार्डबाट सम्मानित पोखरेलका भिडियोहरुको चर्चा सधै हुने गर्छ ।...
गीतकार सरला श्रेष्ठले ल्याईन मदनकृष्ण श्रेष्ठको स्वरमा ‘तिमीलाई जब गुमाए’ (भिडियो)
मनोरन्जन, समाचार

गीतकार सरला श्रेष्ठले ल्याईन मदनकृष्ण श्रेष्ठको स्वरमा ‘तिमीलाई जब गुमाए’ (भिडियो)

काठमाडौं – गीतकार सरला श्रेष्ठले ३६ वर्ष अगाडी रचना गरेको गीत ‘तिमीलाई जब गुमाए’ले स्वर पाएको छ । लामो समयदेखि अमेरिकामा रहेर गीत संगीत क्षेत्रमा सक्रिय गीतकार श्रेष्ठले ३६ वर्ष अगाडी चर्चित अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई आफुले तयार पारेको उक्त गीत गाउन दिने आफ्नो सपना साकार पारेकी छिन । निकै मार्मिक रहेको उनको शव्दलाई गायक मदनकृष्ण श्रेष्ठले सोही अनुसारको स्वर दिएर गीतलाई न्याय दिएका छन, भने अभिनेता श्रेष्ठकै आफ्नै सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले निर्देशन गरेकी भिडियो हेर्दा लाग्छ, हामी कुनै चलचित्र हेर्दैं छौं र त्यसको कथा वरिपरी डुल्न थाल्छौ । गीतको शव्द अनुसार तयार भएको गीत र भिडियो हेरेर भावुक नहुने कमै हुन्छन । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए । गैर...