वैशाख ९ देखि एसईई, ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुँदै - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

वैशाख ९ देखि एसईई, ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुँदै


काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको एसईई यस वर्ष पहिलेझैं सामान्य अवस्थामा सञ्चालन हुन लागेको हो ।

बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुने बोर्डले जनाएको छ।

परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन्। प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए।

ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन्। शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो।

गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिने रायमाझीले बताए ।

Leave a Reply

Your email address will not be published.