गीतकार सरला श्रेष्ठले ल्याईन मदनकृष्ण श्रेष्ठको स्वरमा ‘तिमीलाई जब गुमाए’ (भिडियो)
काठमाडौं – गीतकार सरला श्रेष्ठले ३६ वर्ष अगाडी रचना गरेको गीत ‘तिमीलाई जब गुमाए’ले स्वर पाएको छ । लामो समयदेखि अमेरिकामा रहेर गीत संगीत क्षेत्रमा सक्रिय गीतकार श्रेष्ठले ३६ वर्ष अगाडी चर्चित अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई आफुले तयार पारेको उक्त गीत गाउन दिने आफ्नो सपना साकार पारेकी छिन । निकै मार्मिक रहेको उनको शव्दलाई गायक मदनकृष्ण श्रेष्ठले सोही अनुसारको स्वर दिएर गीतलाई न्याय दिएका छन, भने अभिनेता श्रेष्ठकै आफ्नै सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले निर्देशन गरेकी भिडियो हेर्दा लाग्छ, हामी कुनै चलचित्र हेर्दैं छौं र त्यसको कथा वरिपरी डुल्न थाल्छौ ।
गीतको शव्द अनुसार तयार भएको गीत र भिडियो हेरेर भावुक नहुने कमै हुन्छन । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए ।
गैर...









