मनोरन्जन

कीर्तिमानी गीतकार डा. डीआरको शब्द, बाल गायक जेनिसको स्वरमा ‘तिमी सँग’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा. डीआरको शब्द, बाल गायक जेनिसको स्वरमा ‘तिमी सँग’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । बाल गायक जेनिस उप्रेतीको स्वर, बाबुल गिरीको सङ्गीत एवम् एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ रहेको शास्त्रिय गीत ‘तिमी सँग’को भिडियो सार्वजनिक भएको हो । जेनिश द भ्याइस किडस नेपालका विजेता हुनुहुन्छ । सानो उमेरमै शास्त्रिय गीतलाई निक्कै मिठो तारिकाले गाउनु भएको छ । https://youtu.be/gGhQylKNhKU गीतसंगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘ब...
किर्तिमानी गीतकार डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक
मनोरन्जन, समाचार

किर्तिमानी गीतकार डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ विमोचन भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, सङ्गीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, अग्रज पत्रकार तुलसी गिरी, दीपक श्रेष्ठलगायतले एल्बमको विमोचन गर्नुभएको हो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रे...
गायक डिएमएसको स्वरमा मोडल बबिना घिमिरे फिचर्ड ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक डिएमएसको स्वरमा मोडल बबिना घिमिरे फिचर्ड ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)

मोडल बबिना घिमिरे फिचर्ड डिएमएसको शव्द,संगीत तथा स्वरमा तयार भएको ‘मेरो बिहानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशन मानन्धरको एरेन्जमा तयार भएको गीतको भिडियोमा मोडल बबिनालाई दिपक घिमिरेले साथ दिएका छन । https://youtu.be/mgYuqyQIDC0 बुढासुब्बा डिजिटल युटयूब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा बबिनालाई आकर्षक रुपमा देखाइएको छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका छन भने, टेकेन्द्र शाहले सम्पादन र डिएमएस स्वयंले निर्देशन गरेका छन ।...
निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं “भन्ने मुल नाराका साथ सुरु गरिएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषीका कलाकारहरुलाई विशेष प्रथमिकताका साथ समेट्दै आईरहेको छ । वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको सभापतित्व एवम्  गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, गायक तथा गीतकार कस्तुप पन्त, चर्चित लोकदोहोरी गायक कुलेन्द्र ...
विश्वकीर्तिमानी डा. उपाध्यायको स्वर, सङ्गीत, निर्देशन र अभिनय रहेको गीत  ‘चाँदनी चाँदनी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी डा. उपाध्यायको स्वर, सङ्गीत, निर्देशन र अभिनय रहेको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा डा. उपाध्यायलाई ममता गुरुङले साथ दिनुभएको छ भने अभिनयमा समृद्धि श्रेष्ठले । गीतको सम्पूर्ण भिडियो एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ । https://youtu.be/8c_7H6QH66s अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार एउटा झोलुङ्गे पुलमा शब्द, सङ्गीत, स्वर, निर्देशन र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८मा थप विश्...
निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)

काठमाडौं : चर्चित गायिका आभा मुकारुङ राइ र हेमन्त चेम्जोङको स्वर रहेको गीत “झिलमिल तारा” को भिडियो सार्वजनिक गरिएको छ । गायिका आभा मुकारुङकी मामातामयी माता नरदेवी राइको शब्द, हेमन्त चेम्जोङको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/jD6ii6f1bWI सार्वजनिक गीतको भिडियोमा मोडल निरज प्रधान र सुनिशा बजगाइँ फिचर्ड छन । किरण चाम्लिङ राइको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।...
किर्तिमानी गीतकार डा.डिआरको ३ घण्टामै तयार भएको भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

किर्तिमानी गीतकार डा.डिआरको ३ घण्टामै तयार भएको भिडियो सार्वजनिक (भिडियो)

यही चैत महिनामा १ सय ३ विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ क्रियाशील रहनुभएका विश्व कीर्तिमानी गीतकार एवं साहित्यकार डा. डी. आर. उपाध्यायको शब्द रचनामा रहेको गीत ‘सपनीमा आउँछ्यौ तिमी’ को तीन घण्टामै तयार भएको भिडियो रिलिज भएको छ । भिडियो आजै ३ घण्टाभित्र छायाङ्कन र सम्पादन गरी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सो भिडिओको छायाङ्कन शङ्खमूल र कुपण्डोलको बीचमा रहेको यून पार्कमा भएको थियो । यसअघि विश्वमै ३ घण्टाभित्र म्युजिक भिडियो छायाङ्कन र सम्पादन भई रिलिज नभएको कुरा थाहा भएको छ । https://www.youtube.com/watch?v=Mprl7AD6z8E कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा स्वरमा रहेको सो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् । भिडियोमा माइकल चन्दको निर्देशन, उत्सव दाहालको सिनेम्याटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ भने रमेश चन्द सोडारी र स्मृति श्रेष्ठले अभिनय गर...
चौध तालमा छायाँकन गरिएको विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘जुनी जुनी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

चौध तालमा छायाँकन गरिएको विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘जुनी जुनी’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन,   सङ्गीत, निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा डा. उपाध्यायलाई अनु चौधरीले साथ दिनुभएको छ भने अभिनयमा नम्रता अर्यालले । गीतको भिडियो पोखराका बेगानस ताल, रुपा ताला, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताल र फेवाताल, यस्तै चितवनका बिसहजार ताल र कुमाल ताल, हेटौडाको इन्द्र सरोबर र काठमाडौं कीर्तिपुरको नाग दह यस्तै ललितपुरको बोजे पोखरी र टौ दहमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ । https://www.youtube.com/watch?v=zTk5voDcHD8&t=2s अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार चौध...
जिज्ञासा र अणुलाई ‘तराई फेशन रन वे’ को उपाधि
मनोरन्जन, समाचार

जिज्ञासा र अणुलाई ‘तराई फेशन रन वे’ को उपाधि

तराई मधेश, जहाँ मोडलींग र फेशनको क्षेत्रमा जाने सपना महिलाहरुले सोच्न पनि सक्तैदनथे । घुम्टो ओढेर बस्नुपर्ने बाध्यता, कोही केटाहरुसँग बोलचाल गर्न समेत नपाईने बाहिरी कार्यक्रम, सभा, समारोह त परको कुरा । तर शनिवार वीरगञ्जको ब्रम्हचोकस्थित होटल ओम तथा पार्टी प्यालेसको दृश्य फरक थियो । यसअघि काठमाण्डौ, पोखरा, चितवन, धरान, बिराटनगर लगायतका शहरमा १ सय भन्दा धेरै फेशन सम्बन्धी कार्यक्रमको आयोजना गरेको ब्राईट ईभेन्ट म्यानेजम्यान्टले तराईमै पहिलो पटक ‘तराई फेशन रन वै’ को आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागिताका लागि आह्वान गर्दा मधेश प्रदेशभित्रका ३५ जनाले रुची देखाएपनि पछि उनीहरुमध्येबाट छनौट गरेर १५ जनालाई गूमिंग र प्रशिक्षण गरिएको कार्यक्रमका आधिकारीक कोरियोग्राफर अर्मान सहनीले बताए । सहनीले नै ६ जना केटी र ९ जना केटालाई फाइनलका लागि प्रशिक्षण दिएका थिए । तराई मधेशमा पहिलो पटक यो फे...
गायक सिताराम पोखरेलको ”कांडा उम्रियो’ गीतलाई सर्वोत्कृष्ट गीतको अवार्ड
मनोरन्जन, समाचार

गायक सिताराम पोखरेलको ”कांडा उम्रियो’ गीतलाई सर्वोत्कृष्ट गीतको अवार्ड

राजधानीमा भर्खरै सम्पन्न दोश्रो स्पर्श म्यूजिक अवार्डको सर्वोत्कृष्ट आधुनिक गीतको अवार्ड चर्चित गायक सिताराम पोखरेलले चुुम्न सफल भएका छन । विगत तिन दशकदेखि नेपाली गीत संगित क्षेत्रमा निरन्तर सक्रिय रुपमा लाग्दै आएका गायक पोखरेलको चर्चामा रहेको गीत कांडा उम्रियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन ।टिकटक स्टार तथा श्रोता दर्शकमाझ लोकप्रियता हासिल गरेको उक्त गीतलाई दिपक शर्माले संगित दिएका थिए । नेपाल आयल निगमका पूर्व निर्देशक समेत रहेका पोखरेलको थुुप्रै सफल गीत रहेको छ । राष्ट्र तथा अन्तराष्ट्र क्षेत्रमा थुपै्र अवार्डबाट सम्मानित पोखरेलका सवै म्यूजिक भिडियो चर्चामा रहने गर्छ ।सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अभिनेत्री शर्मिला मल्ललाई स्पर्श सम्मान प्रदान गरिएको थियो ।...