लोकप्रिय अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको तिमीलाई जब गुमाए बोलको गीतको भिडियो एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । गैरीधारा स्थित भोजघरमा आयोजित कार्यक्रममा ३५ वर्ष अगाडी गीतकार सरला श्रेष्ठको रचनामा तयार भएको उक्त गीतको भिडियोलाई गायक श्रेष्ठकै सुपुत्री सराना श्रेष्ठले निर्देशन गरेकी हुन । पछिल्लो पटक गायन संग संगै भिडियो निर्देशनमा समेत सक्रिय रहेकी सरानाको स्वरमा रहको गीतहरु लोकप्रिय छन ।

लोकप्रिय अभिनेता हरिवशं आचार्य, किरण केसी, शिवहरि पौडेल, अशोक शर्मा, गौरी शंकर धुजु,यमन श्रेष्ठ लगायत भिडियोका कलाकारहरु नायिका केकी अधिकारी,मोडल नाजिर हुसेन लगायतको निर्माण टिमको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको थियो । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए ।
क्रियटिभ ह्याटस् नामको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोको गीतको संगीत किर्ति न्यौपानेले गरेका हुन भने एरेन्ज फनिन्द्र राईको रहेको छ । हरि हुमागाईको सम्पादन तथा निर्देशन रहेको भिडियोलाई गीतकार सरला श्रेष्ठले निर्माण गरेकी हुन ।
