गीतकार सरला श्रेष्ठले ल्याईन मदनकृष्ण श्रेष्ठको स्वरमा 'तिमीलाई जब गुमाए' (भिडियो) - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

गीतकार सरला श्रेष्ठले ल्याईन मदनकृष्ण श्रेष्ठको स्वरमा ‘तिमीलाई जब गुमाए’ (भिडियो)


काठमाडौं – गीतकार सरला श्रेष्ठले ३६ वर्ष अगाडी रचना गरेको गीत ‘तिमीलाई जब गुमाए’ले स्वर पाएको छ । लामो समयदेखि अमेरिकामा रहेर गीत संगीत क्षेत्रमा सक्रिय गीतकार श्रेष्ठले ३६ वर्ष अगाडी चर्चित अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई आफुले तयार पारेको उक्त गीत गाउन दिने आफ्नो सपना साकार पारेकी छिन । निकै मार्मिक रहेको उनको शव्दलाई गायक मदनकृष्ण श्रेष्ठले सोही अनुसारको स्वर दिएर गीतलाई न्याय दिएका छन, भने अभिनेता श्रेष्ठकै आफ्नै सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले निर्देशन गरेकी भिडियो हेर्दा लाग्छ, हामी कुनै चलचित्र हेर्दैं छौं र त्यसको कथा वरिपरी डुल्न थाल्छौ ।

गीतको शव्द अनुसार तयार भएको गीत र भिडियो हेरेर भावुक नहुने कमै हुन्छन । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए ।

गैरीधारा स्थित भोजघरमा आयोजित उक्त गीतको भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित दर्शक तथा व्यक्तित्वहरुको प्रतिक्रियाले पनि त्यस किसिमको झल्को दिन्थ्यो ।
‘३६ वर्ष अगाडी नै आफुले रचना गरेको गीत मदनकृष्ण श्रेष्ठ जस्तो दिग्गज गायक तथा अभिनेतालाई गाउन दिन पाउनुमा आफु निकै खुशी रहेको’ कुरा गीतकार सरलाले बताइन ।

यसै गरि, उक्त गीतको भिडियोको निर्देशक सराना श्रेष्ठले ‘गीतकारले यति लामो समयसम्म सुरक्षित राखी रेकर्ड गराएको गीतलाई आफुले नै भिडियो निर्देशनको जिम्मेवारी पाउनु ठुलो सौभाग्य प्राप्त भएको र आफुले सके सम्म त्यसलाई गीत अनुसारको उत्कृष्ट भिडियो बनाउने प्रयास गरेको’ बताइन । ‘गीतकार सरलाको गीत संगीत प्रतिको मोह र उनको दृढ इच्छा अनुसारको गीत तयार पछि आफुले उक्त गीतलाई भिडियोमा उतार्ने जिम्मेवारी प्राप्त हुदा आफुलाई निकै खुशी लागेको’ बताउदै , यस्तो महत्वपूर्ण अवसर दिएर आफुलाई विश्वास गरेकोमा गीतकार सरला श्रेष्ठ प्रति आफु निकै आभारी रहेको, कुरा उनले भनिन ।

लोकप्रिय अभिनेता हरिवशं आचार्य, किरण केसी, शिवहरि पौडेल, अशोक शर्मा, गौरी शंकर धुजु,यमन श्रेष्ठ,मोहितवंश आचार्य,रिन्कु बज्राचार्य श्रेष्ठ लगायत भिडियोका कलाकारहरु नायिका केकी अधिकारी,मोडल नाजिर हुसेन लगायतको निर्माण टिमको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको थियो ।

क्रियटिभ ह्याटस् नामको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोको गीतको संगीत किर्ति न्यौपानेले गरेका हुन भने एरेन्ज फनिन्द्र राईको रहेको छ । हरि हुमागाईको सम्पादन तथा छायांकन रहेको भिडियोलाई गीतकार सरला श्रेष्ठले निर्माण गरेकी हुन ।गीतकार श्रेष्ठका यस अघिका केहि गीतहरु भुलेर,विरोध छैन,सम्झौता,तिमी धैर्य लिएर बांच प्रिय लोकप्रिय छन ।

Leave a Reply

Your email address will not be published.