राजेश महर्जनको चलचित्र ‘स्टुडेन्ट’ निर्माण हुँदै - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

राजेश महर्जनको चलचित्र ‘स्टुडेन्ट’ निर्माण हुँदै


काठमाण्डौँ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्डका सदस्य, राष्ट्रिय चलचित्र कलाकार संघका केन्द्रिय सदस्य तथा चलचित्र प्रदर्शन अनुगमन प्रतिनिधि राजेश महर्जन हाल निर्माताको रुपमा प्रस्तुत भईरहेका छन । आफ्नो तीन दशकको लामो अनुभव पछी उनले हाल निर्माताको रुपमा आफ्नो पहिलो नेपाली चलचित्र ‘स्टुडेन्ट’को घोषणा सहित छाँयाकनको कार्य पनि शुरु गरिसकेको जानकारी गराउनु भयो । राज सिने आर्ट्सको निर्माण तथा महर्जनकै प्रस्तुती रहेको यस् चलचित्रलाई राम कृष्ण बजगाईले निर्देशान् गर्दै छन भने नृत्य निर्देशन वरिष्ठ नृत्य निर्देशक कमल राइको रहने छ । २३ वर्ष अघी नेपाली चलचित्र ‘माईली’मा रहेको चर्चित गीत ‘बांझो खेतमा छडके सलाम’ बोलको गीतलाई रिमेक गरी यस् चलचित्रमा आवद्ध गराइएको र हालै छांयाकन पनि सम्पन्न गरिएको जानकारी पनि निर्माता महर्जनले गराउनु भयो । रिमेकमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकै संगीत, वरिष्ठ गायक प्रेम राजा महत र वरिष्ठ गायिका कोमल वलीकै स्वर रहेको छ भने नृत्य निर्देशन पनि वरिष्ठ नृत्य निर्देशक कमल राइको रहेको छ । छांयानकै क्रममा रहेको यस चलचित्रमा नव नायक अरसु महर्जन र नव नायिका सिम्रन शाक्यले डेब्यु गर्दैछन भने वरिष्ठ अभिनेता धिरेन शाक्यलाई बिशेष भूमिकामा देख्न सकिन्छ । चलचित्रमा आज भोली विधार्थी जीवनमा घटेका विभिन्न समसामायिक घटनाहरु, बिधार्थीहरु कसरी कुलतमा फस्छन र किन तथा आजकालको व्यस्त जीवनमा बाबुआमाले समय दिन नपाउंदा छोराछोरि कुन दिशा तर्फ उन्मुख भइरहेका छन भन्ने लगायतका कुराहरुलाई समेटेर यथार्थ ढंगले प्रस्तुत गर्न खोजिएको तथा सन्देशमुलक चलचित्र बन्ने कुरामा आफु ढुक्क रहेको जानाकारी निर्देशक राम कृष्ण बजागाइले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.