संजित र चन्दा फिचर्ड प्रताप दासको 'आउ न आउ' सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

संजित र चन्दा फिचर्ड प्रताप दासको ‘आउ न आउ’ सार्वजनिक(भिडियो)


चर्चित गायक प्रताप दासको स्वरमा ‘आउ न आउ’ बोलको गीतको भिडियो एक कार्यक्रमका वीच बालुवाटारस्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा सार्वजनिक भएको छ । टाईम्स स्क्वाएरका संचालक एवं युवा व्यबसायी राजन ढकालले बोधी एचडी यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन । संचारकर्मी,भिडियोका कलाकार तथा प्राविधिकहरुको उपस्थितीमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

अहिलेका व्यस्त एवं चकलेटी नायकको उपमा पाएका नायक संजित भण्डारी तथा मोडल चन्दा कुईकेल फिचर्ड भिडियोलाई फेशन फोटोग्राफीमा लोकप्रियता हासिल गरेका र पछिल्लो पटक निर्देशनमा सक्रिय कुुवेर तामाङ्गको निर्देशनमा तयार भएको हो । नायक भण्डारीका केहि चलचित्र प्रदर्शनको क्रममा रहेका छन भने र छायांकन हुदै गरेको चलचित्र संख्या पनि उतिकै रहका छन । सिन्धुली तथा धुलीखेलको रमणीय स्थानहरुमा छायांकन भएको भिडियो करीब ३ दिन लगाएर छायांकन गरिएको हो । उदयराज पौडेलको एरेन्ज रहेको गीतको शव्द रमेश एमके पौडेलको छ भने संगीत सुवास भुुसालको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *