स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा दिएका छन् । क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले मंगलबार पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ ।
तर मारिया बार्टोमेउ भने आफू यूरोपियन सूपर लिगका क्लबमा जोडिने तय भएकोले अध्यक्षबाट राजीनामा दिएको बताएका छन्। उनी सन् २०१४ मा क्लबको अध्यक्ष बनेका थिए।