दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा


दिल्ली क्यापिटल्सलै ५७ रनले हराउँदै मुम्बई इण्डियन्स १३ औँ सिजनको आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति दुबईमा भएको खेलमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

उसका लागि मार्कस स्टोइनिसले ६५, अक्क्षर पटेलले ४२ र कप्तान श्रेयस अय्यरले १२ रन बनाए । बलिङमा जसप्रीत बुमराहले ४, ट्रेन्ट बोल्टले २ किरण पोलार्ड र कृणाल पाण्ड्याले एक/एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *